Siraha Times
ताजा समाचार

साताको दुरुपयोग गर्दै वडा अध्यक्ष यादव

  • जेठ २२, २०८०
  • १७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा २२ जेठ- सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुरेश कुमार यादवले उच्च अदालतको अभेलना गर्दै सडक निर्माण कार्यमा जोड दिएका छन्। शखा रोड बिस्तार गर्ने क्रममा मेनरोडमा १८ फिट र शाखा रोडमा १४ फिट लिने गरेका छन्।वडा अध्यक्ष शुरेश यादवले आफनो निकट जसपा केन्द्रित दलका ब्यक्तीहरुको ऐलानी जग्गा भए पनि नमासिने र विपक्षीदलका ब्यक्तीहरुलाई पकक्षपात गरी निजि जग्गामा पनि लेहेङ्गरा र गुणडाको आडमा हस्तक्षेप गरी गाली बेजती गरी सडक बिस्तार गर्न लागेका हुन्।

Open photo

स्थानीय उमेश कुमार यादवको आमा नेपुर देवी यादवको नाउँमा रहेको निजि जग्गामा जोड जबर्जस्ति गरी गुणडाहरुको आडमा बदनियत पुर्ण तरीकाले साता दुरुपयोग गरी सडक निर्माण गर्न लागेका पीडितका छोरा विवेक कुमार यादवले बताए।उमेश यादवको घर अपोजीट रहेको स्थानीय कुन्जे यादबको जग्गा छाडि निजि जग्गामा सडक बिस्तार गर्ने गरेका छन्।करिब एक हप्ता अगाडी देखि सडक बिस्तार गर्न लागेका छन्।

शुक्रबार वडा अध्यक्ष सुरेश यादवले दर्जनौं गुणडा केटाहरु ल्याएर उमेश यादव र उनको आमा नेपुर देवी यादवलाई गालिबेजती गरी हातपात र कुटपिट समेत गरीएका छन्।दोहोरो बिवादमा विवेक कुमार यादवको करिब १ लाख रुपैया बराबरको सुनको घाटीको चेन समेत खोसिएको पीडितको आरोप रहेका छन्।स्थानीय जिबछ यादवको परिवारले उमेश यादवको आमा नेपुर देवी यादवलाई दुरब्यवहार हातपात समेत गरेका छन्।

वडा अध्यक्ष सुरेश कुमार यादवका बुबा राम उदगार यादव पछिल्लो समय खुनी मुद्दामा जेल परेका थिए।अपराधी यादव तामेलि धरोठी जम्मा गरी तारीखमा तत्काल रिहाई भएका छन्।स्थानीय चन्द्र कान्त यादव,हरी यादव, विवेक यादव,बहादुर यादव माथी कुटपिट गरेका छन्।बिवादमा करिब ६०/७० जनाको समुहमा ल्याएर झगडा र बिवाद गर्ने गरेको आरोप छन।बिवादमा झाझपट्टी प्रहरी मुख दर्शक रहेका छन्।अध्यक्ष यादवले उच्च अदालत राजबिराजले २९ गते छ्लफलको लागी बोलाए पनि अदालतको अबहेलना गरेको गरी सदस्य बिस्तार गर्न लागेका छन्।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१