जेष्ठ १४ लहान । "दलित महिला भएकै कारण मेयर द्वारा प्रदेश माननीय ललिता दासको प्रमुख अतिथि अस्विकार गरेका छन् । आज पशुपति मा वि लहानमा महिला महिनावारी दिवस कार्यक्रममा मलाइ बिनोद बिशुन्के ज्युले प्रमुख अतिथीकको रुपमा आमन्त्रण गर्नुभएको थियो। धेरै पटक फोन गर्नुभयो। हाम्रो दलित अभिन्यन्ताले बोलाएको कारण ब्यस्त भएपनि समयमै पुगेको छु। लहानको मेयर महेश चौधरीको अध्यक्षतामा र मेरो प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भयो। तर मेयर महेस चौधरी ज्युले मलाई प्रमुख अतिथीको रुपमा स्विकार गर्नुभएन प्रदेश माननीय दासले गुनासो पोखे । र पुन: स्कुलको प्र अ को अध्यक्षतामा र मेयर चौधरीको प्रमुख अतिथीमा कार्यक्रम सुरु गरायो। उहाले नेपाल सरकारले दिएको मर्यादाक्रम भंग गर्यो त्यसकारण मेरो मान हानी भयो। र मैले सरासर कार्यक्रमबाट निस्केर गन्तब्य तिर लागे जहाँ केहि मान्छेहरु मेरो पर्खाइमा पर्खिरहेका भिए।

आज मिती २०८०/ ०२ /१४ गते आइतवारको दिन मेरो संसदिय कोषबाट सिरहाको लहान २४ मा दलित सामुदायिक भवनको सिलान्यास पनि भएको छ। श्रमजिवी तथा सिपभएका व्यक्तिहरु असली पंडित हुन। त्यसैले उनीहरु संग मिलेर पुजापाठ गरियो। दक्षिणा पनि मिस्त्रीलाई नै दिए। जनताको पैसालाई तमक झमकमा बर्वाद गर्दिन। सहि ठाउँमा लगाउदैछु। जय मधेश।

आज म संग जातिय विभेद भयो। आखिर संघियताको रथमा सवार मेयरले पनि संघियताको खिली उडाएको छ। मलाई नबोलाए पनि हुन्थ्यो। बोलाएर बेज्जत किन गर्यो यसमा मेरो कुनै गल्ती थिएन कहिले सुध्रिन्छ हाम्रो समाज। समाजका अगुवाहरु नै सुध्रिन चाह्दैनन् भने समतामुलक समाजको नारामा संस्थाहरुले बजेट पचाउ अभियान जारि राख्छन। दुर्भग्य छ हाम्रो समाजको जसका नेतृत्व निरङ्कुश सामन्तीहरुले गर्दैछन्। म आफुलाई जनताको नोकर ठान्दछु तर मर्यादाक्रम नेपालको बिद्यानमा छ। जसको ख्याल राख्नु मेरो गरिमा हो। जय समाज।

प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved