रेशम चौधरीलाई आममाफी दिन सिफारिस

  • जेठ १४, २०८०
  • ६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेठ १४ । टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिन सरकारले सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसअनुसार भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन्। यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो।उक्त निवेदन अध्ययन गरी राष्ट्रपति कार्यालयले ‘प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न’ भनेर गृहमा फिर्ता पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस

लहान तरकारी बजारमा प ...

लाल बिहारी यादव लहान, अषाढ ३० । लहान नगरपालिका–१ मा अवस्थित तरकारी बजार क्षेत्रमा व्यापारीहरू ...

धनगढीमाई १४ अमिल्टार ...

ओम प्रकाश यादव लहान अषाढ़ २९ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ स्थित अमिल्टारमा निर्मा ...

नवराजपुर–५ मा डिप बो ...

ओम प्रकाश यादव लहान अषाढ़ २९ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. ५ मा अध्यक्ष शिव उदगार यादव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१