Siraha Times
ताजा समाचार

धर्मको नाममा कसैले राजनीति गर्नु हुदैन् ः उपेन्द्र यादव

  • चैत २०, २०७४
  • ५७६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २०। संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको छिन्नमस्ता शक्तिपीठमा सोमबार देखि शुरू भएको दश महाबिद्या सह रुद्र महायज्ञको उदघाटन गर्दै जाति र धर्मको नाममा कसैले पनि राजनीतिक गर्नु नहुने सुझाव दिएका छन् ।  फोरम अध्यक्ष यादवले मुलुक धर्म निर्पेक्षता भइसकेको अवस्थामा कसैले धर्म र जातिको नाममा कुनै पनि विवादको गर्नु नहुने बताए ।  सबै धर्मको रक्षा र स्वाभिमानका लागी एक आपसमा सदभाव कायम राख्नु पर्नेमा उनले जोड दिए । उनले धर्म र जातिको नाउँमा कसैलाई विभेद नगर्न सुझाव दिए ।  मुलुककै प्रसिद्घ शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिदै अध्यक्ष यादवले यसका लागी आफुले पहल र सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।  कार्यक्रममा प्रदेश नं. २ का कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१