ताजा समाचार

ससुराको गाडी भाडामा देखाएर मासिक १ लाख २० हजार बुझ्दै नवराजपुर उपाध्यक्ष यादव

  • वैशाख ३१, २०८०
  • १००६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ३१ बैशाख । सिरहाको नवराजपुर गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी यादवले ससुराको गाडी भाडामा देखाएर मासिक लाखौँ रुपैयाँ बुझ्दै आएको खुलेको छ ।उपाध्यक्षमा निर्वाचित भए लगत्तै यादवले गाउँपालिकाको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल पाइन् । उनी सोही मोटरसाइकल प्रयोग गर्छिन् । मोटरसाइकल चढ्दा लाग्ने पेट्रोल पनि उनलाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ ।तर पनि उनी प्र २–०१–००१ च ०४५७ नम्बरको चार पाङ्ग्रे गाडी भाडामा लिएकी छन् । उक्त चार पाङ्ग्रे गाडी भने उनी चढ्ने गरेकी छैनन् । तर उनी मासिक १ लाख २० हजार रुपैयाँ बुझ्दै आएकी छन् ।

उनी भाडामा लिएको गाडी नवराजपुर गाउँपालिका ५ का तेजीलाल यादवको नाममा छ । तेजीलाल उपाध्यक्ष यादवकी ससुरा हुन् । उक्त गाडी भने उपाध्यक्ष यादवका जेठान वजिन्द्र प्रसादले गाउँघरमा भाडामा लगाउने रुपैयाँ कमाउँछन् । वजिन्द्रले सोही गाडी बिहेवारि र अन्य कामका लागि सर्वसाधारणलाई भाडामा समेत दिने गर्छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहले कार्यपालिकाको निर्णय अनुसार ०७९ भदौ १ देखि गाडी भाडामा लिएर उपाध्यक्ष यादवलाई चढ्न दिएको बताए ।

उनले दिएको जानकारी अनुसार उपाध्यक्षका लागि चार पाङ्ग्रे गाडी भ्याटसहित मासिक १ लाख २० हजार बुझाउने गरी पालिकाले भाडामा लिएको छ । उपाध्यक्षले चार पाङ्ग्रे गाडी बाहेक पालिकाको एउटा मोटरसाइकल पनि राखेकी छन् ।अधिकृत साहका अनुसार उपाध्यक्ष यादवलाई चार पाङ्ग्रे गाडीका लागि १ सय लिटर डिजेल र मोटरसाइकलका लागि १०–१५ लिटर पेट्रोल पालिकाले उपलब्ध गराउँछ । इन्धन प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार बुझ्ने गरेकी छन् ।

यता, उपाध्यक्ष यादवले पनि पालिकाबाट मोटरसाइकल र चार पाङ्ग्रे गाडी सुविधा लिएको स्वीकार गरेकी छन् । उनले आवश्यकता अनुसार दुवै गाडी प्रयोग गर्ने गरेको बताइन् । चार पाङ्ग्रे गाडी त तपाईँको आफ्नै हो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘गाउँपालिकाले भाडामा लिएर आफूलाई चढ्न दिएको चार पाङ्ग्रे गाडी विषयमा बुझ्नु छ भने पालिकामा आएर कुरा गर्नुस् । म अहिले छलफलमा छु ।’

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤