राजनीति जटिल मोडमा छ, भ्रष्टाचार रोक्नैपर्छ : ओली

  • वैशाख २८, २०८०
  • ६८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बैशाख २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई रोक्नुपर्ने बताएका छन्। बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेकाले भ्रष्टाचार र भ्रष्ट व्यक्तिलाई निर्मूल पार्नुपर्ने बताएका हुन्। उनले अहिलेको राजनीति जटिल मोडमा पुगेको बताउँदै दोषिमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भनेर केही तत्वहरू लागेको बताए। ‘अहिले देशको राजनीति जटिल मोडमा पुगेको छ।

भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भन्ने कुरा पनि चलेका छन्। कसैले यसलाई यही दिन देख्नलाई गणतन्त्र ल्याइएको थियो? भन्ने गरेका छन्। राजतन्त्र होस् या गणतन्त्र जुनसुकै प्रणालीमा भ्रष्टाचार हुनसक्छ। भ्रष्टाचार रोक्नुपर्छ। भ्रष्ट मानिस हुन सक्छन्। हामीले सरकारलाई लगातार भनेका छौँ,’ अध्यक्ष ओलीले भने। यस्तै, उनले आफूहरू भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लड्दै आए पनि अहिले आएर बल्ल अगाडि बढेकोमा खुसी रहेको बताए। अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूरा ‘फिल्म’ देख्न बाँकी रहेको बताए। ‘जति फिल्म देखाउँछु भनेको हो, त्यो चाहिँ सुरु भएको छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१