Siraha Times
ताजा समाचार

अमित ठकुरीको पहलमा ५२ वर्षपछि जग्गा नापीको थालनी स्थानीय हर्षित

  • वैशाख २८, २०८०
  • ८९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संवाददाता वैशाख २८ । सिरहाको धनगढीमाई १४ मा जग्गा नापीको कार्यक्रम शुरू भए पछि स्थानीय खुशी भएका हुन । वाडाको अमिलटार बस्तीमा बिहान करिब ८ बजेको समयमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी नापीको लागि बाटो खुल्ला गरिएको हो । विक्रम सम्वत २०२८ आषाढमा आएको जग्गा नापी पक्षआत् करिब ५२ वर्षपछि आएको नापीको टोलीले अब विगतदेखि लालपुर्जा बाट वञ्चित स्थानियको जग्गा नापी हुने निक्षीत भएको हो । विक्रम सम्वत २०२८ सालमा गरिएको नापी अन्तर्गत करिब ८४ बिगाहा १९कठ्ठा १९धुर जग्गा नापी गरिएता पनि उक्त जग्गाको लगत उदयपुर जिल्लाको रिस्कु आपटार 2 मा रहेको कारण स्थानीयलाई सास्ती भइरहेको अवस्थामा बौद्धिक वाडा अध्यक्ष अमित ठकुरी ज्यूको विशेष पहलमा जग्गा नापीको कार्यक्रम थालिएको हो ।

आज बिहान आयोजित भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नाप जाँच कार्यक्रममा प्रमुख अतिथि मेयर शिवशंकर महतो, विशिष्ट अथिती राम अधीन यादव (राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष सिराहा) , अथितीहरु कृष्ण लामा, जिल्ला नापी कार्यालय प्रमुख राम नरेश शाह , ईलाका प्रहरी कार्यालय धनगढी ठटीया प्रमुख ,स्थानीय राजनीतिककर्मी , समाजसेवि गोकुल पोखरेल ,पत्रकार लगायतको उपस्थितिका बीच नापीको रिबन काटेर उद्दघाटन गरिएको हो । आयोजित कार्यक्रममा स्थानियको बाक्लो उपस्थिति रहेको थियो भने स्थानीय निर्वाचनको समयमा गरिएको बाचा अनुसार वाडा अध्यक्ष अमित ठकुरी ज्यूले ल्याएको नापीको कार्यक्रमले वडामा यतिबेला खुशीयाली छाएको अवस्था रहेकाे छ ।

भौगोलिक विकटताका बीच उभिएका धनगढीमाई 14 का दुर्गम बस्तीहरूमा धुवाँ रहित चुल्हो वितरण कार्यक्रम घर घरमा पुगेर गर्दै आएका वाडा अध्यक्ष अमित ठकुरी ज्यूले बढाएको जग्गा नापीको कार्यक्रमलाई चौतर्फी प्रसंशा हुन् थालेका छन ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१