शहिदनगर : उपमेयर सिँहले कमिशनको लागि फाईलमा गरेन :साइन वडाध्यक्ष दास

  • वैशाख २६, २०८०
  • ६०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिकामा अहिले एक फाईललाई लिएर त्रिपक्षिय टशन सुरु भएको छ । नगरपालिकाकी उपमेयर, वडाध्यक्ष र मेयरबीच टशन सुरु भएको छ । गत आर्थिक बर्षको एक फाईलमा उपमेयर सुनिता सिँहले हस्ताक्षर नगरेपछि त्रिपक्षिय टशन सुरु भएको छ । शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज कुमार दासले उपमेयरमाथि कमिशन अप्रत्यक्ष रुपमा कमिशन मागेको आरोप लगाएका छन् । गत आर्थिक बर्षमै काम सम्पन्न भई भुक्तानीको लागि प्रक्रियामा रहँदा समय अभावले भुक्तानी हुन नसकेको फाईलमा पुनः अनुगमनको लागि उपमेयर साईन गरिनदिएपछि वडाध्यक्षले उपमेयरलाई स्पष्टिकरण सोधिदिएपछि विवाद सुरु भएको छ ।

वडा नं. ३ का वडाध्यक्ष मनोज दासले उपमेयर सिँहलाई स्पष्टिकरण सोधेपछि उपमेयर सिँहले समेत लिखित स्पष्टिकरण बुझाएकी हुन् । उपमेयर सिँहले आफूले सो योजनाको अनुगमन नै नगरेको , योजनाको बारेमा जानकारी नै नरहेको अवस्थामा जबरदस्ती हस्ताक्षर गराउन खोजेको आरोप लगाएकी छिन् । कुराकानीमा उपमेयर सिँहले वडाध्यक्ष दासका भाई सरोज दासले सो काम गरेको बताउँदै आफू अनुगमन गरेर बैठक बसी मात्र हस्ताक्षर गर्ने बताएपछि वडाध्यक्ष र मेयरले विवाद गर्न खोजेको आरोप लगाएकी छन् । उपमेयर सिँहले वडाध्यक्ष दासमाथि लक्षित गर्दै स्पष्टिकरण नगरपालिका मार्फत सोधेपछि आफू पनि नगरपालिका मार्फत नै जवाफ पठाएको बताइन् ।

यदुकुहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र पछाडीमा सडकमा पिसिसि ढलान कार्य भएको छ । सो योजनामा अख्तियारले चासो लिएपछि भुक्तानी नै नभएको अवस्थामा फाईल डिले भएको हो । वडाध्यक्ष दासले सबै थोक मिलेर भुक्तानीको प्रक्रियामा रहेको बेला झन्झन खडा गरी बैठक बस्नुपर्ने धारणा कमिशनको लागि गरेको आरोप लगाएका छन् । उनले कमिशनकै लागि उपमेयरले बैठकको बहाना गरेको बताएका छन् । उनले भने,–“सबै थोक मिलेको छ, तर पनि बसेर कुरा गर्नुपर्छ भन्नुको अर्थ उनले अप्रत्यक्ष रुपमा पैसा मागेको छ साइन गर्नको लागि ।” यस विषयमा नगर प्रमुख दिनेश प्रसाद यादवसँग सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क भने हुन सकेनन् । आँखा अस्पतालदेखि यदुकूहा बजारसम्म, गत आर्थिक बर्षको सडक ढलान फाईल लिएर आएको ।

प्रतिक्रिया दिनुहोस

पिडित परिवारको अवस्थ ...

लहान वैशाख ३० । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, भगवतिपुर सदाय टोलमा केही समयअघि घटेको घट ...

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१