Siraha Times
ताजा समाचार

शहिदनगर : उपमेयर सिँहले कमिशनको लागि फाईलमा गरेन :साइन वडाध्यक्ष दास

  • वैशाख २६, २०८०
  • ७३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिकामा अहिले एक फाईललाई लिएर त्रिपक्षिय टशन सुरु भएको छ । नगरपालिकाकी उपमेयर, वडाध्यक्ष र मेयरबीच टशन सुरु भएको छ । गत आर्थिक बर्षको एक फाईलमा उपमेयर सुनिता सिँहले हस्ताक्षर नगरेपछि त्रिपक्षिय टशन सुरु भएको छ । शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज कुमार दासले उपमेयरमाथि कमिशन अप्रत्यक्ष रुपमा कमिशन मागेको आरोप लगाएका छन् । गत आर्थिक बर्षमै काम सम्पन्न भई भुक्तानीको लागि प्रक्रियामा रहँदा समय अभावले भुक्तानी हुन नसकेको फाईलमा पुनः अनुगमनको लागि उपमेयर साईन गरिनदिएपछि वडाध्यक्षले उपमेयरलाई स्पष्टिकरण सोधिदिएपछि विवाद सुरु भएको छ ।

वडा नं. ३ का वडाध्यक्ष मनोज दासले उपमेयर सिँहलाई स्पष्टिकरण सोधेपछि उपमेयर सिँहले समेत लिखित स्पष्टिकरण बुझाएकी हुन् । उपमेयर सिँहले आफूले सो योजनाको अनुगमन नै नगरेको , योजनाको बारेमा जानकारी नै नरहेको अवस्थामा जबरदस्ती हस्ताक्षर गराउन खोजेको आरोप लगाएकी छिन् । कुराकानीमा उपमेयर सिँहले वडाध्यक्ष दासका भाई सरोज दासले सो काम गरेको बताउँदै आफू अनुगमन गरेर बैठक बसी मात्र हस्ताक्षर गर्ने बताएपछि वडाध्यक्ष र मेयरले विवाद गर्न खोजेको आरोप लगाएकी छन् । उपमेयर सिँहले वडाध्यक्ष दासमाथि लक्षित गर्दै स्पष्टिकरण नगरपालिका मार्फत सोधेपछि आफू पनि नगरपालिका मार्फत नै जवाफ पठाएको बताइन् ।

यदुकुहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र पछाडीमा सडकमा पिसिसि ढलान कार्य भएको छ । सो योजनामा अख्तियारले चासो लिएपछि भुक्तानी नै नभएको अवस्थामा फाईल डिले भएको हो । वडाध्यक्ष दासले सबै थोक मिलेर भुक्तानीको प्रक्रियामा रहेको बेला झन्झन खडा गरी बैठक बस्नुपर्ने धारणा कमिशनको लागि गरेको आरोप लगाएका छन् । उनले कमिशनकै लागि उपमेयरले बैठकको बहाना गरेको बताएका छन् । उनले भने,–“सबै थोक मिलेको छ, तर पनि बसेर कुरा गर्नुपर्छ भन्नुको अर्थ उनले अप्रत्यक्ष रुपमा पैसा मागेको छ साइन गर्नको लागि ।” यस विषयमा नगर प्रमुख दिनेश प्रसाद यादवसँग सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क भने हुन सकेनन् । आँखा अस्पतालदेखि यदुकूहा बजारसम्म, गत आर्थिक बर्षको सडक ढलान फाईल लिएर आएको ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१