Siraha Times
ताजा समाचार

बिन्दवासिनी गा.पा.मा भ्रष्टाचार लुकाउने अभियान तिब्र

  • वैशाख ४, २०८०
  • १६७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ४ बैशाख । पर्साको बिन्दवासिनी गाउँपालिकाले आफ्नो भ्रष्टाचारलाई लुकाउने अभियानलाई तिब्रता दिएको समाचार प्राप्त भएको छ । बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा प्रमोद तिवारी निर्वाचित भए देखि नै पालिकामा हुनुपर्ने विकासको सट्टा भ्रष्टाचार कार्यलाई तिब्र पारिएको स्वयं वडाध्यक्षहरुले आरोप लगाउन थालेका छन् । पालिकाबाट भए गरेका विकास निर्माणको कामलाई पारदर्शी गर्नुको साटो सूचना लुकाउनमा लागेको देखिएको छ ।

पालिकाको वडा नं. २ का वडाध्यक्ष मुक्तीनाथ प्रसाद कुर्मीले बारम्बार सूचना माग गर्दा पनि पालिका अध्यक्ष तिवारीको निर्देशनमा सूचना नदिने गरेको जनाईएको छ । गत चैत ९, १९ गतेका दिन वडाध्यक्ष कुर्मीले विभिन्न सूचनाहरु माग गरे पनि पालिका अध्यक्ष आफु सम्पर्कमा नआई, कार्यालयमा नबसी प्रमुख प्रशासकीय अधिकृत, सूचना अधिकारी लगायतका कर्मचारीहरुलाई सूचना नदिन आदेश नै गरेको देखिएको छ ।

वडाध्यक्ष कुर्मीले वडा कार्यालयको लेटरपैडमै गत ९ गतेका दिन यस गा.पा. वडा नं. २ अन्र्तगत आ.व. ०७९÷०८० को श्रावन महिना देखि हाल सम्म काम भएका योजनाको विवरण, संस्थाको बजेट तथा बाकी रहेको बजेट र योजनाको बारेमा सूचना माग गरेका थिए । त्यसैगरी चैत १९ गतेका दिन विन्दवासिनी गा.पा.को आ.व. २०७९÷०८० को विशेष गाउँसभाको बैठक भएको वा नभएको र भएको भए निर्णयको प्रतिलिपि माग गरेका छन् तर हाल सम्म पाएका छ्रैनन् । वडाध्यक्ष कुर्मीले सूचना अधिकारी समक्ष सूचना माग गरेको पत्र दर्ता गराए पनि सूचना अधिकारीले प्रशासनलाई तोक लगाई पठाए । त्यसपश्चात प्रमुख प्रशासकीय अधिकृत राजु साहले पालिकाको गाउँ सभा सञ्चालन कार्यविधि २०७५ को नियम २१ को २ अनुसार पालिका अध्यक्षको अनुमति बिना दिन नमिल्ने भनि सूचना माग भएको पत्र रद्दीको टोकरीमा फालेको वडाध्यक्ष कुर्मीले गुनासो गरेका छन् ।

पाठकवृन्त, सूचना माग गर्ने र पाउने जनताको नैसर्गिक अधिकार हो, तर यहाँ पालिका अध्यक्षले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले विभिन्न बहाना बनाई सूचना नदिने गरेको प्रष्ट भएको छ । जब एउटा वडाध्यक्षले सूचना माग गर्दा नपाउने अवस्था रहेकोमा एक सर्वसाधारणलाई कसरी सूचना उपलब्ध हुन्छ ? जबकी वडाध्यक्षलाई पालिकाको एक अंगका रुपमा मानिन्छ । पालिका अध्यक्ष तिवारीले विशेष गाउँसभाको बैठकको मिति तोके पश्चात पालिकामा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समय सार्ने भनी सहमती गरेर गएपछि पालिकाको बोर्ड मेम्बरहरुको घर–घरमा पुगी सही गराई सभा गरेको जनाईएको छ ।

पालिकाले श्री राधाकृष्ण माविको ४ कोठे भवन, नेरामावि गर्दौल, गर्दौलको शिव मन्दिरको पछाडिको नाला निर्माण लगायतका कार्यहरुमा पालिका अध्यक्ष तिवारी र कार्यकारी अधिकृत साहको मिलोमतोमा लाखौं लाख भ्रष्टाचार भएको आशंकामा वडाध्यक्ष कुर्मीले सूचना माग गरेका छन् । पालिकाको गाउँ सभा सञ्चालन कार्यविधि २०७५ को २१ को २ मा गाउँ सभा तथा यसका समितिको निर्णय सक्कल र छाँयाप्रती अध्यक्षको आदेश बिना गाउँ सभा वा गाउँ सभा भवन बाहिर लैजान नपाउने निर्णय भएको छ, जुन नेपालको संविधानले मौलिक हक अन्र्तगत धारा २७ मा सुनिश्चित गरेको सूचनाको हकको प्रतिकुल हुनेगरी यो पालिकाले निर्णय गरेको छ । के यो पालिका नेपालको संविधानभन्दा माथि छ ? पालिकाले गरेको सो निर्णयको विरुद्ध सम्मानित अदालत जाने तयारी समेत गरेको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१