बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

  • वैशाख ३, २०८०
  • ८९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज ३ बैशाख । एक व्यक्तिलाई एक दिनमा खाना र खाजा खानुपर्दा कति रकमसम्म खर्च गर्नुपर्छ ? यसको सहज उत्तर हुन्छ खाना र खाजामा निर्भर गर्छ । सादा खाना खाए एक छाँकको खाजा र खाना वापत रु ५ सयदेखि ६ सय खर्च गर्नुपर्ने हुन्छ । माछा, मासु या केहि अन्य विशेष खाए रु एक हजारदेखि १५ सयसम्म खर्च हुन्छ खाजा र खानामा । तर, सप्तरीको एक पालिकाका जनप्रतिनिधीले भने झण्डै ९ हजार बराबरको खाजा र खाना खाएका छन् । यो रकम एक जना जनप्रतिनिधीले खाएको खाजा र खानाको खर्च हो । जिल्लाको बोदे बर्साइन नगरपालिकाका जनप्रतिनिधीले आ.ब. २०७७÷७८ को नगरसभामा यत्रो रकम बराबरको खाना र खाजा खाएको देखिन्छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा नगरसभामा सहभागी ५५ जना जनप्रतिनिधीको खाना र खाजाका लागि रु ४ लाख ७५ हजार ८ सय ८ खर्च भएको उल्लेख गरिएको छ । यसरी हेर्दा एक जनाले रु ८ हजार ६५२ बराबरको खाना र खाजा खाएका हुन् । दुई दिनसम्म गर सभा संचालन भएपनि एक जनाले यत्रो रकम बराबरको खाना र खाजा खान सक्दैनन् । ‘स्थानीय सरकार संचालन एने, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्छ’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘कतिपय बिलहरुमा मिति र प्रयोजन समेत खुलेको देखिदैन भने नगरसभाको निमित्त मात्रै वा तयारी सहितको खर्च भएको खुल्ने प्रमाण पेश भएको छैन् ।’

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईन नगरस्तर ...

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लाग ...

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१