अश्लील हर्कत गर्ने सीके राउतका सांसद खानलाई निलम्बन गर्न माग

  • चैत २५, २०७९
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं– राष्ट्रिय एकता अभियानले अश्लील हर्कत गरेको भिडियो सार्वजनिक गरेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ। सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री पनि हुन्। जनमत पार्टी सरकारबाट बाहिरिएपछि उनले हालै राजीनामा दिएका थिए। शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै अभियानले उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको हो।

सांसद खानले कुनै महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ। सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापन पत्रमा उल्लेख गरेको छ। ‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ।’

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्ने, सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।

‘सांसद खानको यस हर्कतले भने समाजलाई अझ बढी विसंगत र विकृत बनाउन मलजल गरेको छ। उहाँ सजायको भागिदार हुनुहुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ, उहाँलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारवाही अगाडि बढाउन हामी सम्माननीय सभामुख महोदयलाई हार्दिकतापूर्वक अनुरोध गर्दछौं।’ ज्ञापन पत्र बुझाउन अभियानका अध्यक्ष विनय यादव सहित उपाध्यक्ष सुनीता साह, केंद्रीय सदस्य चन्द्र यदुवंशी, मिना देवी साह, राष्ट्रीय विधार्थी परिषद का महासचिव पप्पू यदाव लगायत को टोली सभामुख निवास गएको थियो।

 

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईन नगरस्तर ...

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लाग ...

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१