अर्घाखाँचीको मदरसा दर्ता गराउन उपाध्यक्ष मशहूदको पहल

  • चैत २४, २०७९
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र २४ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले अर्घाखाँची जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् l लुम्बिनी प्रदेशमा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको इस्लामीया अहले सुन्नत नूरी सन्धिखर्क नगरपालिका वडा नं ४ वाग्ला मा रहेको मदरसा अहले सुन्नत अन्जुमनको अनुगमन गरेका छन् l सो अनुगमनमा अकिल मियाँ, सुफी मियाँ, दिलदार हुसेन, अहमद मियाँ, अफजाल मियाँ, जमालदीन मियाँ, अनवर आली, मोदिम मियाँ, सलीम हुसेन, सफर अली मियाँ, सकर मियाँ, सामी मियाँ, टुकुरा मियाँ लगायत संबंधित मदरसाका सरोकारवाला लगायत संग भेटघाट गरि मदरसाको अवस्था बारे जानकारी लिएका थिए l

मदरसाका अनुगमनका क्रममा दुई वटै मदरसाहरू सरकारी तवरले दर्ता नरहेको ठहर उपाध्यक्ष मौलाना मशहूद सहितको टोलीले जानकारी पाएको थियो l मशहूद सहितको टोलीले दुई वटा मदरसा हरू दर्ता नरहेको पाए पछि सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल लगायत संग वृहत क्षलफल गरि सो मदरसा लाई तत्काल प्रक्रिया पुर्याई दर्ता गर्नु पर्ने आवश्यकता रहेको र मरसा दर्ता न हुदाँ राज्यबाट मदरसाले पाउने सेवा सुबिधा बाट समेत बंचित रहेको अवस्था हुन्छ तसर्थ तत्काल दर्ता गर्न आग्रह गरेको र नगर प्रमुखले मदरसा दर्ता गर्ने अस्वासन दिएको उपाध्यक्ष मशहूद खांले जानकारी दिए l

अर्घाखाँचीको मदरसा अनुगममा उपाध्यक्ष खां संगै राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनि अल्कूफी,राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जहिर अहमद बरेलवी, अलताफ अहमद खां , अब्दुल समद खां नेपाली, असरफ खान लगायतका व्यक्ति हरू रहेको जानकारी उपाध्यक्षले दिए l

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१