Siraha Times
ताजा समाचार

चर्को दरमा ब्याज असुलेको आरोपमा जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

  • चैत २१, २०७९
  • ११०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै उनलाई नियन्त्रणमा लिएको हो । शर्मा जनमत पार्टीका पूर्व जिल्ला इन्चार्जसँगै हाल केन्द्रीय सदस्य समेत हुन् । उनी पार्टीभित्र सुरेन्द्र मधेशीका नामले चिनिन्छन् ।
 
उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । सप्तरीकै बोदेवरसाइन नगरपालिका १० का निर्मलकुमार यादवको जाहेरीले नेपाल सरकार वादी भइ शर्मामाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलाइएको हो । डिएसपी सिंहका अनुसार जाहेरीकर्ता निर्मलका बुबा शंकर यादवले पक्राउ गरिएका सुरेन्द्रका बुबा सत्यनारायण शर्मासँग २०६६ सालमा घर खर्चका लागि भन्दै २५ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिँदा शंकर यादवले सत्यनारायण शर्मालाई आफ्नो स्वामित्वको शम्भुनाथ नगरपालिका–७ स्थित ८ बिघा ७ कट्ठा ७ धुर जग्गा लिखत पास गरिदिएका थिए ।
 
सत्यनारायणले आफ्नो नाममा लिखत पास भइ आएको जग्गा छोरा सुरेन्द्रप्रसाद शर्माको नाममा पास गरिदिएका थिए । ऋणीले पूरै ऋण चुक्ता गर्दा पनि सुरेन्द्रले जग्गा फिर्ता गर्न नमानेपछि प्रहरीमा जाहेरी दिएको डिएसपी सिंहले जनाए । सोमबार बिहान नियन्त्रणमा लिइएका शर्मालाई म्याद थप गरी थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । ऋणीले ऋण चुक्ता गरे पनि चर्को ब्याज जोड्दै आफ्नो रकम बाँकी नै रहेको दबाबसहित जग्गा फिर्ता गर्न नमानेपछि पीडित पक्ष मिटरब्याज असुलेको भन्दै प्रहरीमा गएको बताएका छन् ।
 
मिटरब्याजमा मुद्दा चलाउने कुनै कानुन नभएपछि आपराधिक विश्वासघात र ठगीमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । संघीय सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने प्रतिबद्धतासहित सहमति गरे पनि मिटरब्याजीविरुद्ध कारबाही चलाउन प्रहरी सक्रिय भएको हो । साभार सामाजिक संजालबाट 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१