ताजा समाचार

जसपा अध्यक्ष उपेन्द्र यादवले बरा -२ मा मनोनयन दर्ता गराए

  • चैत २०, २०७९
  • ९१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स चैत्र २० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् । आगामी  १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताए । ‘जनता अजय हुन्छ  जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भने । र यहा ज स पा को विजय निस्चित नै हुन्छ ।

यो क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤