Siraha Times
ताजा समाचार

लहान ७ का अध्यक्ष राम औंतार शर्माले सरकारी सम्पत्ति गैरकानुनी तरिकाले बेचेको खुलाशा

  • चैत १९, २०७९
  • ७२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ चैत - सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ का वाडा अध्यक्ष राम औंतार शर्माले करिब बिगत २५ बर्ष देखी थुपारीएर राखिएको पुरानो कवाडी सम्मान बेचिएको स्थानीयले आरोप लगाएका छन्। अध्यक्ष शर्माले पुरानो नगरपालिका भित्र रहेको कवाडी सम्मान,सरकारी सम्प्ती गैरकानुनी रूपमा दुरुपयोग गरेको हो। सरकारी सम्पत्ति बेच्दा कुनै निर्णय र कानुनी प्रक्रिया नअपनियाई आफ्नो ब्यक्ती गत समप्ती जस्तो सरकारी समप्तीलाई गैरकानुनी रूपमा दुरुपयोग गरी करिब १५ लाख ५० हजार बराबरको पुरानो नगरपालिका वाडा नम्बर ७ को वाडा कार्यालय भवन भत्काई नयाँ भवन निर्माण हुने योजना रहेकोमा पुरानो भवनको झ्याल ढोका,ग्रील रेलिङ्ग लगायत बर्षाै देखि रहेको पुरानो मेशनरी पार्टस तथा कवाडी फलामका टुक्राहरु लहान ३ का संचालक मोहम्मद साबिर मियाँले संचालन गरेको नेशनल सप्लायर्समा करिब १५ लाख ५० हजार बराबरको कवाडी सम्मान बेचेको पुर्व वाडा अध्यक्ष राकेश रोशन गुप्ताले आरोप लगाएका छन्।

Open photo

अध्यक्ष शर्माले लिलामी प्रक्रिया नअपनाई वाडा अध्यक्षको पदिय गरिमा समेतलाई बेवास्ता गरी सरकारी सम्पत्तिलाई दुरुपयोग गरेका छन्।स्थानीय राकेश कुमार गुप्ताले अख्तियारमा सरकारी सम्प्ती गैरकानुनी रूपमा दुरुपयोग गरेको मुद्दा समेत दर्ता गराएका छन्।मिति २०७९चैत १६ गते अख्तियारमा मुद्दा दर्ता गराए हुन।दर्ता नम्बर ३७४४ रहेको बताए। वाडा अध्यक्ष शर्मालाई लिलम्बन गरी कानुन सम्बत कार्बाही प्रक्रिया अगाडि बढाउन पत्रकार समेलन गरी प्रेस बिज्ञप्ती सार्बजनिक गरेका छन्।

Open photo

लहान नगरपालिकाको जिन्सी शखाको समेत जानकारी नगराई कवाडी सम्मान बिक्री गरेको आरोप रहेका छन्। वाडा अध्यक्ष शर्माका अनुसार दुई ट्रयाकटर कवाडी १ लाख ७० हजार बराबरको कवाडी बेचिएको बताए। बेचेको २ दिन पछाडी हामीले लहान नगरपालिकाको बैंक खातामा दाखिला गरेको बताए। झन आफुले लहान नगरपालिकालाई आम्दानी गराई दिएको अध्यक्ष शर्माले बताए।काम लाग्ने सम्मान आफुले नगरपालिका पठाएको अध्यक्षले बताए।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१