Siraha Times
ताजा समाचार

नेपालको जलस्रोतको बारेमा मंत्री खानले उठाएको बिषय सराहनीय:- उपाध्यक्ष मौलाना मशहूद

  • चैत १६, २०७९
  • ८२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र १६ न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व गरेका खानेपानी मंत्री अब्दुल खानले नेपालको जलस्रोतको बारेमा उठान गरेको बिषय सराहनीय रहेको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताएका छन् l

खानेपानी मन्त्री अब्दुल खानले विश्वका अरू देशहरू मध्य नेपालमा उत्कृष्ट खानेपानीकाे श्राेत रहेकाे, नेपाल भाैगाेलिक रूपमा कठिन रहेता पनि प्रकृतिले पूर्ण रूपमा सजाएकाे , नेपालकाे प्रकृतिकसंग रमाउन तथा जिवनकाे नयाँ अनुभुति लिनका लागि विश्वका प्राय सबै देशवाट पर्यटकहरू नेपाल आउने गरेकाे , नेपालमा धेरै संभावनाहरू रहेका छन् तर ति संभावनाहरूलाई अमेरिकामा रहेका व्यापारीहरूले सहयाेग गरि नेपालकाे खानेपानी, भाैतिक सामग्रीका साथै कृषि जन्य पदार्थ नेपालबाट अमेरिका लाई विश्व बजार पुर्याउन मन्त्री खानले अनुराेध गरेका थिए l

मौलाना मशहूदले बताए की मंत्री खानले नेपालको प्रकृतिक स्रोत साधनको राम्रो प्रस्तुति विश्व सामु गरेको तथा नेपालमा उतकृष्ट पानीको स्रोत रहेको बताए अनुसार नेपालमा पानीको स्रोत पहिचान गरि विश्व बजारमा पुर्याए आर्थिक रूपमा समेत फाइदा पुग्ने मशहूदले बताए l नेपाल प्रकृतिक, सांस्कृतिक, भौगौलिक, जैविक विविधता रूपमा धनी देश रहेको तथा त्यस्ता तमाम सम्भावना हरूको पहिचान गरि सरकारले उचित कदम उठाई विश्व बजारको माग अनुसार वस्तु उत्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताए l साथै राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले समेत मंत्री खानले उठाएको कुरा प्रशंसनीय रहेको बताए l

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१