बर्दघाटको खजुरा खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास

  • चैत १२, २०७९
  • ७३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/चैत १२ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न. ५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ । उक्त पुलको आज प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गर्नुभयो । कुल रु ९ करोड ७७ लाखको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको पुल संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो । पुल को शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य चौधरीले ठेकेदार कम्पनीले तोकिको समय भित्रै काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुल निमार्णपछि त्रिवेणी धाम पुग्न सबैभन्दा नजिकको बाटो हुने विश्वास लिइएको छ । ७५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण हुने पुल निर्माण भएपछि नवलपरासी ( बर्दघाट– सुस्ता पश्चिम ) जिल्लाको ग्रामीण क्षेत्रको यातायातको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीमा ए ...

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा ...

युवा घनश्याम यादव : ...

ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम य ...

पालिकाको बेतिथी र भ् ...

रहमुल सिरहा ४ साउन । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका को बेतिथी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१