Siraha Times
ताजा समाचार

विकासको भौतिक पूर्वाधार निर्माणमा अघि बढदै वाडा अध्यक्ष सूर्यमान तामाङ्ग

  • चैत १२, २०७९
  • ९९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल चैत्र १३ । मधेस प्रदेशको सिराहा जिल्लाको धनगढीमाई १३ मा विकासको पूर्व खाका सहितको भौतिक संरचना निर्माणका कामहरु भइरहेको अवस्था रहेकाे देखिन्छ । वाडा अध्यक्ष सूर्यमान तामाङ्गको कार्यकालमा दूरबिन डाँडाको खानेपानी आयोजना सञ्चालन हुन , खानेपानी ट्यांकीको निर्माण हुनु , वडाका बिभिन्न टोल बस्तीहरुमा सहज पुग्नका लागी कलभर्ट, होम पाईप, सडखण्डमा कालोपत्रे,पोखरीको निर्माण, टोल बस्तीमा सहजताका लागि ग्रावेल, ग्रीन पार्क, वाडा भवनको शिलान्यास, विद्यालय भवनको निर्माण, सिल्यान्यास,, विवादित ठाउँहरूमा समस्याको सामाधान , स्वास्थ्य भवन निर्माण, वडाका लागी एम्बुलेन्स, यस्ता कामहरु वाडा अध्यक्ष तामाङ्गको विशेष पहलमा भएको अवस्था रहेकाे देखिन्छ ।

गाउँघरमा उठेका सामान्य विवादहरू सहजरुपमा समाधान गर्न चतुर वाडा अध्यक्ष तामाङ्गको कार्यकालमा जिरोमाइल असम्बास सडक निर्माण भइरहेको अवस्थामा उक्त सडकको अनुगमन ,निरीक्षण नियमित गर्दै आएका अध्यक्ष सूर्यमान तामाङ्गले भौतिक पूर्वाधार निर्माणमा सबैले अा आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँनु भएको छ । वाडा अध्यक्ष सूर्यमान तामाङ्गको दोश्रो कार्यकालमा वडामा विकासका लहर आएको स्थानियहरु बताउँछन् । विकासका आफ्ना ध्यान केन्द्रित गरेका उनले वडामा सेन्ट जेभियर्स स्कूल सञ्चालनको तयारी भइरहेको समेत जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१