Siraha Times
ताजा समाचार

विकासको एतिहासिक अग्रता कायम गर्दै अमित ठकुरी

  • चैत ८, २०७९
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र ८ । सिराहा जिल्लाको विकट मानिएको धनगढीमाई १४ स्थित हरेक क्षेत्रमा आम जनताको भावनालाई उजागर गर्दै वडा अध्यक्ष अमित ठकुरी यतिबेला भौतिक विकासमा आफ्ना ध्यान केन्द्रित गर्दै अघि बढेको पाईन्छ । भौगोलिक रूपमा विकट मानिएको सिरहाको बस्तीहरुमा खाने पानी,बिजुली ,बाटो अभाव भएको अवस्थामा आम जनताको वर्षौको ईच्छालाई पूरा गर्दै आएका छन कलिला वडा अध्यक्ष अमित ठकुरी । बौद्धिक व्यक्तित्व सकारात्मक चिन्तनका धनी र दूरदर्शी उच्च प्रशंससनिय पात्रका रूपमा धनगढीमाई नगरपालिकामा परिचित वडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कदमले आम स्थानीयमा खुशीयाली छाएको छ ।

सिरहा र उदयपुर जोड्ने सिराहा जिल्लाकाे धनगढीमाई नगरपालिका वडा नं. १४ स्थिति सर्रे बस्ती हुँदै कटारी नगरपालिकाको वडा नं. ५ काे भाेर्ले बस्ती जाेड्नका लागि दुवै वडाकाे सिमानामा रहेकाे चुरे जंगलकाे सलहेस डाँडासम्म सडक ट्र्याक ल्याईसकेकाे अवस्थामा भाेर्ले सिरानदेखि करिब ३ कि.मि. दुरीको सिराहाको भूमिलाई जोड्नका लागि आपसी सम्झौता गरिएको छ । आम जनतालाई आवत जावतमा सहजता प्रदानको लागी उक्त सडकलाई पूर्ण रूपमा जाेड्नका लागि धनगढीमाई न.पा. वडा नं. १४ का वडा अध्यक्ष अमित ठकुरी ज्यू लगायत स्थानिय वडाबासीहरु र कटारी वडा नं. ५ का वडाबासीहरू बिच साेही स्थानमा व्यापक छलफल भएको छ ।

उक्त सडकलाई पूर्ण रूपमा जाेडि अन्तर प्रदेशकाे भावनात्मक सम्बन्ध सुमधुर बनाउनका लागि आ-आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । दुई जिल्ला जोड्ने यस सडकले उदयपुर ,खोटाङ ,सोलु ,ओखलढुंगा , भोजपुर ,लगायत यस मार्गले पहाडी जिल्लाहरूमा पुग्नका लागि छिटो छरितो हुने अवस्था रहेको अवस्थामा वर्षौको आम जनताको प्रतिक्षालाई एतिहासिक कदमको माध्यमबाट वडा अध्यक्ष अमित ठकुरीले गरेको कदम यतिबेला चौतर्फी प्रसंशा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१