जनमतको बृहत पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

  • चैत ७, २०७९
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र ७ मधेस प्रदेश । सिरहाको गोलबजार नगरपालिकाको पुरानो चोहर्वा बजारमा आयोजीत पार्टी प्रवेस तथा आम सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । अध्यक्ष एवं संसद डा. सी.के राउतको विशिष्ट आथित्यमा आयोजीत कार्यक्रममा जनमत पार्टीका प्रदेश , जिल्ला र स्थानिय स्तरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । आजको कार्यक्रममा करिब 1200 जनाले विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ । मधेसका समस्याहरू बिस्तारै समाधान गर्दै किशानको मलखादको ब्यबस्थाप्रति आफूहरु गम्भीर भएको सहभागी नेता बिनोद चौधरी ज्यूले बताउनु भयो । डाक्टर सिके राउत आउने भएपछि पूर्व पक्षिम्म राजमार्गको चोहोर्वामा सुरक्षा ब्यबस्था कडा पारिएको थियो भने कार्यक्रम स्थलमा शान्ति वातावरणमा उलेख्निय जनसहभागिताको बीच आयोजित कार्यक्रममा नव आगन्तुकलाई डाक्टर राउतले बधाई तथा शुभकामना दिनु भयो । कार्यक्रम समापन पछि पत्रकार बिनोद मण्डलसंगको छोटो कुराकानीमा डाक्टर राउतले सिरहाको यस कार्यक्रमले आफू खुशी भएको प्रतिकृया दिनु भएको थियो । साथै कार्यक्रममा जनमत पार्टीका प्रदेशस्तरीय मन्त्रीहरु पनि उपस्थित हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नवराजपुर गा पा अध्यक ...

ओम प्रकाश यादव पुष १५ । सिराहा जिल्ला, बरियारपट्टि गाउँका सत्यनारायण साफीले कठिन आर्थिक अवस्था र ज्य ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान,पुष १५ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले राहतस्वरूप दलित तथा विप ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१