ताजा समाचार

विकाशमा अग्रता कायम गर्दै अमित ठकुरी

  • चैत ७, २०७९
  • ८२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र ७ । आम जनताको भावनालाई उजागर गर्दै वडा अध्यक्ष अमित ठकुरी । भौगोलिक रूपमा विकट मानिएको सिरहाको बस्तीहरुमा खाने पानी,बिजुली ,बाटो अभाव भएको अवस्थामा आम जनताको वर्षौको ईच्छालाई पूरा गर्दै आएका छन कलिला वडा अध्यक्ष अमित ठकुरी । बौद्धिक व्यक्तित्व र दूरदर्शी उच्च प्रशंसाका पात्रका रूपमा धनगढीमाई नगरपालिकामा परिचित वडा अध्यक्षका रूपमा परिचित भएका अध्यक्ष ठकुरीको एतिहासिक कदमले आम स्थानीयमा खुशीयाली छाएको छ ।

सिरहा र उदयपुर जोड्ने सिराहा जिल्लाकाे धनगढीमाई नगरपालिका वडा नं. १४ स्थिति सर्रे बस्ती हुँदै कटारी नगरपालिकाको वडा नं. ५ काे भाेर्ले बस्ती जाेड्नका लागि दुवै वडाकाे सिमामा रहेकाे चुरे जंगलकाे सलहेस डाँडासम्म सडक ट्र्याक ल्याईसकेकाे अवस्थामा भाेर्ले सिरानदेखि करिब ३ कि.मि. दुरी सिराहाको भूमिलाई जोड्नका लागि भएकाेले उक्त सडकलाई पूर्ण रूपमा जाेड्नका लागि धनगढीमाई न.पा. वडा नं. १४ का वडा अध्यक्ष अमित ठकुरी ज्यु लगायत स्थानिय वडाबासीहरूसंग र कटारी वडा नं. ५ का वडाबासीहरू बिच साेही स्थानमा व्यापक छलफल गरि उक्त सडकलाई पूर्ण रूपमा जाेडि अन्तर प्रदेशकाे भावनात्मक सम्बन्ध सुमधुर बनाउनका लागि आ-आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

दुइ जिल्लाको सडकले उदयपुर ,खोटाङ ,सोलु ,ओखलढुंगा , भोजपुर ,लगायत यस मार्गले पहाडी जिल्लाहरूमा पुग्नका लागि छिटो छरितो सबै ठाउँमा पुग्न सकिने अवस्था रहेको छ । एतिहासिक कदमको यतिबेला चौतर्फी प्रसंशा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤