जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा नेविसंघ प्यानलसहित विजयी

  • चैत ६, २०७९
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , ६ चैत । सिरहाको लहानमा रहेको सुन्दर नमुना कलेज जे. एस. मुरारका बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ ( ने. सं घ.) प्यानल सहित विजयी भएका छन्। आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघका सभापति उम्मेदवार रामकृष्ण यादव ५२३ मत प्राप्त गरि विजयी भएका छन। सचिव महेश कुमार साह ५६९ कोषाध्यक्ष मनिष कुमार चौधरी ७२४ सदस्यहरु:- सुस्मिता वि.क. ६७१, रोहित कुमार राउत ६४०, एसियन किराँती राई ६३०, यस चौधरी ६७७ , हेमु बस्नेत ६३२ , दिनेश कुमार महतो ६२१ , सुरेश कुमार राम ६१८ मतसहित पुरै प्यानल विजयी भएको सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताउनुभयो । नेविसंघको निकटतम प्रतिस्पर्घी संयुक्त गठबन्धन संघका उम्मेदवार सभापति चन्द्रकला बच्छार ४०९ , सचिव सिकेन्द्र कुमार सिँह ३६१ , कोषाध्यक्ष प्रभा कुमारी चौधरी ( वि. ज. स.) २२५ ल्याई प्राजित भएका छन् ।

Open photo

यो सँगै आइतबार भएको स्ववियु निर्वाचनमा जम्मा २२३८ मतदाता सङ्ख्या रहेकोमा १३२७ जना विद्यार्थीले मतदान गरेका थिए। प्रतिशत आधारमा भन्दा ५९.२९% मत खसेको थियोे । जसमा ५० वटा मत बदर भएको सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताएका छन् । यो सँगै आइतबार भएको स्ववियु चुनावमा स्नातक वि. एड/ वि. एस्सी, वि.वि.एस. र स्नातकोत्तर एम. ए/ एम. एड. / एम.वि. एस. का छात्र छात्रा विद्यार्थीहरुले मतदान गरेको थियोे ।

Open photo

यता , स्ववियु चुनावका लागि विभिन्न पार्टीका संघसंगठनहरुले सहभागीता भएको थियो । संयुक्त गठबन्धन संघ / विद्यार्थी जनमत संघ / अनेरास्ववियु / नेविसंघ लगायतका भातृ संगठनहरुले चुनावी मैदान उत्रिएका थिए। यो सँगै निर्वाचित जे. एस. मुरारका बहुमुखी क्याम्पसका सभापति रामकृष्ण यादवका अनुसार यो हाम्रो जीत मात्रै नभएर सम्पूर्ण विद्यार्थीको जीत भएको बताउनुभयो । नेविसंघको जीतले क्याम्पस अबको केही दिनमा चम्किलो आधार खडा हुने बताए । नेविसंघको जीतपछि प्यानलले विजय उत्सव मनाउँदै गीत गाँदै नाच्दै विजय उत्सव मनाई रहेको नेविसंघका अगुवा कार्यकर्ता कैलाश कुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक व्यवस्थापन र यात्रुको सुरक्षाका लागि खटिने ट्राफिक प्रहरी नै अहिले सिरहामा घ ...

ब्रम्हान मन्दिर जान ...

ओम प्रकाश यादव लहान,वैशाख २९ । लहान नगरपालिका–२० मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोके ...

धनगढीमाई नगरपालिका–२ ...

ओम प्रकाश यादव, लहान, २८ वैशाख। धनगढीमाई नगरपालिका–२ मा १५ शैयाको सुविधा सम्पन्न स्वास्थ्य चौक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१