जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा शान्तिपूर्ण निर्वाचन सम्पन्न

  • चैत ५, २०७९
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान / ५ चैत । सिराहाको लहानमा रहेको नमुना कलेजको रुपमा जे.एस मुरारका बहुमुखी क्याम्पसमा आइतबार बिना कोलाहल शान्तिपूर्ण तरिकाले स्वतन्त्र विद्यार्थी युनियन ( स् .व. यु .) चुनाव सम्पन्न भएको छ। सुरक्षा व्यवस्था कडा भएपछि पुरै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ। आजको मतदानमा २२३९ जम्मा मतदाता रहेकोमा १३२७ जना विद्यार्थी मतदाताहरुले मतदान गरेका छन । प्रतिशतको आधारमा जम्मा ५९.२६% मत खसेको क्याम्पस प्रशासनको तर्फबाट सुजित कुमार चौधरीले जानकारी गराएका छन्। यो सँगै ( स्व व यु) चुनावमा स्नातक वि.एड/ वि.वि.एस./ वि.एस्सी. र स्नातकोत्तर एम. ए/ एम. एड/ एम . वि . एस का छात्र छात्रा विद्यार्थीहरुले मतदान गरेका छन् । विभिन्न पार्टीका निकटका भातृ संगठनका कार्यकर्ताहरुले उम्मेदवारी दिइएका छन ।

Open photoसमाजवादी विद्यार्थी संयुक्त गठबन्धन संघ/ जनमत पार्टीका विद्यार्थी जनमत संघ / नेकपा को तर्फबाट अनेरास्ववियु / नेपाली काङ्ग्रेस निकटका भातृ संगठन नेपाल विद्यार्थी संघ ( ने.वि.सं.) लगायतका पार्टीले चुनावी मैदानमा उत्रिएका छन्। यो सँगै नेपाली काङ्ग्रेस निकटका भातृ संगठनका सभापति पदका उम्मेदवार रामकृष्ण यादव र सचिव पदका उम्मेदवार महेश साहका अनुसार हाम्रो नेपाल विद्यार्थी संघ ( नेविसंघ ) को जीत सुनिश्चित रहेको अग्रिम दाबी गरेका छन्। वहाँहरुका अनुसार मतगणना कार्य भोलि सोमबार बिहान बाट हुने बताउनुभयो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१