Siraha Times
ताजा समाचार

छुवाछुत गर्ने यादव विरुद्ध उजुरी दर्ता भएन

  • फागुन २९, २०७९
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/२९ फागुन । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धिकरण कृया भोजमा दलित समुदायलाई सुनियोजित र जानाजान रुपमा छुवाछुत गरी भोज खुवाइएको भन्दै संयुक्त दलित मोर्चाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी दर्ता नगरी फर्काइ दिएको छ । छुवाछुत गरिएको भन्दै दोषीहरु उपर अनुसन्धान गरी कानून बमोजिम दण्ड सजाय गरी पाउँ भन्दै दलितहरु जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । हामीले जाहेरी दरखास्त प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुको टेबलमा राख्यौं । उहाँले हाम्रो उजुरीलाई छुनु समेत भएन – उजुरी दर्ता गर्न जानुभएका शिवकुमार महराले भन्नुभयो । उजुरी दिन जानु भएका अर्का दलित अधिकारकर्मी रविन महराले भन्नुभयो त्यसमा के लेखिएको छ भनेर पढ्ने कुरा त परै जाओस् । मानौ निवेदन छुँदा पनि छोइछिटो लाग्छ भने जस्ते गरी दर्ता हुँदैन भनेर फकाई दिनुभयो ।

मानव अधिकार हनन्का घटनामा जोसुकै नागरिकले उजुरी दिन सक्ने र प्रहरी स्वयंले पनि सञ्चारमाध्यममा आएको समाचारको आधारमा फइल खडा गरेर अनुसन्धान गर्न सक्ने कानूनी व्यवस्था रहेको स्मरण गराउँदा लिम्बुले भन्नुभयो राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोगले अनुसन्धान गर्दैछ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय सिरहाले पनि छानविन आयोग बनाएको छ । अनि थप जाहेरी किन दर्ता गर्नुपर्यो ? लिम्बुले प्रमाणसहित पीडित खुद आए मात्र दर्ता हुने बताउनुभयो । आयोगकी अधिकृत मञ्जु खतिवडाले उजुरी किन दर्ता नगरिएको हो आयोगले लिखित रुपमा सोध्ने बताउनुभयो । मानव अधिकार हनन्को घटनामा जोसुकैले उजुरी दिन मिल्छ भन्ने खतिवडाको जिकिर थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१