छुवाछूतमा होमिएका उग्रनारायण यादवलाई कार्वाहीको मांगसहित गोलवजारमा विरोध प्रदर्शन

  • फागुन २७, २०७९
  • ९६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान/२७ फागुन । मानवरुपी मानवसित कसैले छुवाछूत गरे कानुनी उपचार हुनुपर्दछ। तर, सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई ३ बितिसक्दा पनि कुनै पनि निकायले कारवाही गर्न सकेका छैन । त्यसैलाई विषयलाई लिएर शनिबार गोलबजारमा व्यापक विरोध प्रदर्शन भएको छ । जातीय छुवाछूत तथा भेदभाव रहित समाज निर्माण गर्नुको सट्टा पालिका अध्यक्षले छुवाछूत गर्नु कति उचित हुन्छ ? जातीय भेदभाव गर्न पाइदैन , छुवाछूत मान्ने , छुवाछूतको प्रकाष्ठा बोकेका उग्रनारायण यादवलाई कार्वाही गर भन्दै हजारौंको सङ्ख्यामा विरोधमा उत्रिएका छन् । "जातीय दमन शोषण गर्न पाइदैन , छुवाछूत गर्न पाइदैन ।" नाराका विरोध गरिएको छ। कम्युनिस्टवाद , नातावाद , कृपावादले भरिएका उग्रनारायण यादवलाई कार्वाही होला? भने प्रश्न खडा भएको छ। विरोध प्रदर्शनी गर्ने सबैको एउटै आवाज उग्र नारायण कानुनी कठघरामा नउभियाए सम्म हाम्रो विरोध तथा आन्दोलन जारी रहने बताएका छन ।

शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै मोर्चाले जातीय छुवाछूत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको हो । दलित मोर्चा सिरहाका सचिव रबिन कुमार महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको छ । यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कानुन बमोजिम हदैसम्म कारबाहीको माग गर्दछौं ।’ यस्तै भोजमा सहभागी भएका पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सासंदले पनि सार्वजनिक रुपमा माफी माग्नुपर्ने मोर्चाको माग छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दलित आयोगले पनि गाउँपालिकाका अध्यक्षलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको थियो ।

यता, भगवानपुर पालिकाअध्यक्ष उग्रनारायण यादवका अनुसार म स्वयं स्वर्गीय आमाको १३ दिनसम्म काजक्रियामा रहेको र जन्मदाता माताको मृत्युले गम्भीर शोक एवं गहिरो चिन्तामा डुबेको हाम्रो परिवारको ध्यान नै काजक्रियाबाट कसरी चोखिएर क्रियाक्रम सम्पन्न गर्ने तर्फ केन्द्रित रहेकोमा शौक भोजको रुपमा रहेको खानपान कार्यक्रममा जातीय, धार्मिक, वर्गीय र सामुदायिक विभेद गर्ने हाम्रो कुनै मनसाय सोच एवं योजना नरहेको स्पष्ट पार्न चाहन्छु तराई मधेशमा विवाह तथा मृत्यु संस्कारमा ठुला स्तरका भोज भतेर हुने गरेको यर्थाथ हामी सबैमाझ जानकृत छ । यसको व्यवस्थापन गर्न परम्परागत रुपमा सदीयौं देखि बुद्धिजिवी, समाजका प्रमुख व्यक्तिहरुबाट हुदै आएकोमा व्यवस्थापकीय कामको सिलसिलामा अन्जानबस यस्तो कुनै वर्ग, धर्म सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको भए म त्यसप्रति हृदयदेखि क्षमायाचना गर्दै आत्मआलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय नारी ...

रहमुल लहान २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिव उदगार यादव (शिवा)ले सम्पूर्ण नारीहरूप्र ...

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१