Siraha Times
ताजा समाचार

जनमत विद्यार्थी संघको गठन कार्यक्रम सम्पन्न

  • फागुन ११, २०७९
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रानी पाल फाल्गुन ११ । सरकारले स्ववियु निर्वाचन गराउने छाटकाट देखाए पछि विभिन्न आंगिक क्याम्पसहरुमा विधार्थी सँगठनहरु सक्रिय हुन थालेका छन । सिराहाको सदरमुकाम सिरहामा रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्य नारायण सत्य नारायण मोरबैता बहुमुखी क्याम्पसमा जनमत पार्टीका भातृसंगठन विधार्थी जनमत संघ सिरहाको ईकाई कमिटी गठन भएको छ । कलेजका पुर्ब इकाई कमिटी अध्यक्ष रामअधीन पासमानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी विद्यार्थी जनमत संघका केन्द्रिय अध्यक्ष पोषन कुमार यादब .बिशिस्ट अतिथि विद्यार्थी जनमत संघ सिरहाका जिल्ला अध्यक्ष अरबिन्द सहनी रहेका थिए ।

बिगत १५ बर्षदेखि स्वबियुको निर्वाचन नभएको हुँदा विद्यार्थीको राजनितिप्रति मनोबल कम हुँदै आएको अवस्थामा बलिदानी र सँगर्षको मूल्यांकन हुन लागेको संकेतको अनुमान गर्न सकिने सहभागी बक्ताहरुले बताएका छन । स्ववियु निर्वाचनको मिति घोषणा भएको हुँदा विद्यार्थीहरुको मनोबल बढ्दै गएको अवस्थामा देशको परिस्थितीलाई नियाल्दै सही नेतृत्वको छनौटमा विधार्थीहरु आफैं सक्रितापूर्वक लागिपरेको अरविन्द सहनिले बताएका छन । विद्यार्थी संघको कमिटी विस्तार भएकोमा आफूहरु खुशी भएको सहभागिहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१