ताजा समाचार

राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

  • फागुन ९, २०७९
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फल्गुन ९ । शैक्षिक व्यक्तित्व पाण्डव हमाल सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग भेटघाट गर्नु भएको छ । देशमा विभिन्न किसिमका समस्या उत्पन्न भइरहेको अवस्थामा मुलुकको समग्र शिक्षा, राजनीति र अर्थ लगायतका बिषयमा करिब १ घन्टा २५ मिनेटको लामो सम्बादका बीच समसामायिक परिस्थिका बारेमा राष्ट्रपतिसँग हमालले छलफल गर्नु भएको हो । सिरहा जिल्लाको बिष्णुपुरकट्टिमा तत्कालीन कम्निस्ट पार्टिका शीर्ष नेता मदन भण्डारीले बहुदलीय जनवादको सिद्धान्तलाई स्थापित गर्दै महासचिव बनाइएको ठाउँको समग्र विकासको लागि हमालले राष्ट्रपतिको ध्यानाकर्षण गराउनु भएको छ । हमाल आफू ग्रामीण भेगबाट मोफसलको शिक्षाबाट हुर्कदै आफुलाई शिक्षामा अब्बल बनाउदै उच्च शिक्षा हासिल गरिसकेपछि त्यस भेगका सम्पुर्ण जनमानसमा युग सुहाउँदो गुणस्तरीय शिक्षा सवैले प्राप्त गर्न सकोस् भनी बिगत २५ बर्ष देखि लहानमा नीजि शिक्षालय संचालन गरि आफ्नो कर्म थलो बनाएको बौद्धिक क्षमताका धनी मानिन्छन् ।

हमाल सिङ्गो देशका निजि शिक्षालयका छाता संगठनको राष्ट्रिय अध्यक्ष हुने सौभाग्य प्राप्त व्यक्ति भएको कारणले ग्रामिण भेगमा बसोबास गर्ने आम नेपालीहरुको दैनिकी राम्ररी भुझेको क्षमताबान व्यक्तिका रूपमा आम सिराहा वासीले बुझेका उनै व्यक्ति हुन् पाण्डव हमाल । परिवर्तनको नाममा २०४६ साल देखि २०७२ सालसम्म आई पुग्दा नेपाली जनताले थुप्रै संघर्ष र बलिदान गर्दै आन्दोलन विगतमा गर्दा नेपालमा ब्यबस्था परिवर्तन भई जनताले नयाँ संविधान प्राप्त गरे , सामान्य मनिसहरु नेता बने, मन्त्री बने तर अहिले सम्म पनि आम नेपाली जनताको अवस्था परिवर्तन नहुनुकाे कारक तत्वको बारेमा राष्ट्रपति सँग बौद्धिक छलफल गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤