उपाध्यक्ष मशहूदले मदरसाको समस्या समाधान गर्न अर्थमंत्री र शिक्षा सचिव लाई दिए ज्ञापन पत्र

  • फागुन ८, २०७९
  • ५४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले आज उप प्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेल तथा शिक्षा सचिव राम कृष्ण सुवेदी लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् l मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजार बाट बढाएर दश लाख दिनुपर्ने प्रमुख माग सहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां ले जानकारी दिएका छन् l उप प्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेलले मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरि मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए l उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकाल सहितले उप प्रधानमंत्री तथा अर्थ मंत्री र शिक्षा सचिव राम कृष्ण सुवेदी लाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए l

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीमा ए ...

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा ...

युवा घनश्याम यादव : ...

ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम य ...

पालिकाको बेतिथी र भ् ...

रहमुल सिरहा ४ साउन । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका को बेतिथी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१