Siraha Times
ताजा समाचार

उपाध्यक्ष मशहूदले मदरसाको समस्या समाधान गर्न अर्थमंत्री र शिक्षा सचिव लाई दिए ज्ञापन पत्र

  • फागुन ८, २०७९
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले आज उप प्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेल तथा शिक्षा सचिव राम कृष्ण सुवेदी लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् l मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजार बाट बढाएर दश लाख दिनुपर्ने प्रमुख माग सहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां ले जानकारी दिएका छन् l उप प्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेलले मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरि मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए l उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकाल सहितले उप प्रधानमंत्री तथा अर्थ मंत्री र शिक्षा सचिव राम कृष्ण सुवेदी लाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए l

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१