Siraha Times
ताजा समाचार

स्थानीय तहमा दलित पहुँच भएपनि अधिकारमा पहुँच हुन सकेको छैन ः समाजिक विकास मन्त्री साह

  • माघ २८, २०७९
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अर्चना परियार जनकपुर,माघ २८ गते । मधेश प्रदेशका समाजिक विकास मन्त्री सुरिता कुमारी साहले स्थानीय तहमा दलित पहुँच भएपनि अधिकारमा पहुँच हुन नसकेको बताएकी छिन् । दलित सरोकार मञ्चल सप्तरीको आयोजनामा दलित शसक्तिकरण ऐन २०६८ कार्यान्वयनको अवस्था तथा आगामी दिनमा कार्यपाकिा सदस्यहरुको भुमिका विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले सो कुरा बताएकी हुन् । उनले स्थानीय तहतहरुमा सरकारले अनिवार्य दलितको सिद्धान्त पछि दलितको पहुँच कार्यपालिकामा भएपनि उनीहरुलाई अधिकारबाट अझै बञ्चित हुन परेको बताईन् । उनले भनिन, ‘वडा कार्यालय वा कार्यपालिकाका बैठकमा सहभागि त हुन्छन् तर उनीहरुले भनेको कुरा कसैले सुनिदिदैन् । कार्यकारी पदमा दलित छैनन, अनि दलितको कुरा सुनेर पनि नसुनेझैं गरेर बस्नछन । अनि म कहाँ धेरै जना आउनुहुन्छ, म सुझाव दिएर पठाउछु, तिमीहरु सही नगर तर भत्ताको लोभमा उनीहरुले सही गरेर आउँछन, यस्तो ठुलो विडम्बना छ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य शारदा दास पहाडीले उत्पीडित समुदायलाई सामाजिक बहिष्करणबाट मुक्त गर्न विशेष अधिकारको ग्यारेण्टी हुनुपर्ने बताईन् । उनले भनिन, ‘आरक्षण शासक वर्गको खल्तिमा हुन्छ, सकारात्मक भएको बेला दिन्छ र अलि उसलाई असहज जस्तो भएमा खोस्छ । विशेष अधिकार उत्पीडित समुदायको हातमा हुन्छ, उसले प्रयोग गर्न पाउँछ ।’ तत्कालिन नेकपा माओवादीले जनयुद्धका बेलामा मुक्तिको लागि विशेषशाधिकारको अवधारणा अगाडि सारेको समेत बताए । विशेषाधिकार राजनीतिकसँग र आरक्षण सामाजसँग जोडिएको बताउँदै आरक्षण संसारबाट असफल भइसकेकोले अव विशेष अधिकारमा जानुपर्ने बताए ।

कार्यकारी निर्देशक भोला पासमानल दलितले अधिकार न खोसेसम्म अधिकार नपाइने भएकाले संगठित रुपमा संघर्ष गर्नुको विकल्प नभएको बताए । राजनीतिक पार्टीका नेताहरुले सत्तामा पुग्न दलित मुक्तिका नारा लगाउने तर सत्तामा पुगेपछि आफैले लगाएका नारा नै भुल्ने गरेको बताए । उनले भने, ‘सबै समस्या राज्यसत्ताको चरित्रसँग जोडिएकोले उत्पीडनबाट मुक्त हुन राज्य सत्ताको चरित्रमा परिवर्तन छ । नेपालीली राज्यसत्तामा सर्वहारा वर्गको अधिनायकत्व भएमात्र दलित, महिला, जनजातिको अधिकार छ ।’

संञ्जाल धनुषा जिल्लाको १८ स्थानीय तहको दलितबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य तथा वडा सदस्यहरु सहभागि कार्यक्रममा दलित समुदायको अधिकार, तथ्यमा आधारित पैरवी, सहभागितामूलक कार्यप्रणाली लगायतको विषयमा छलफल भएको थियो । दलित समुदायको अधिकार सम्बन्धी व्यवस्था पुस्तिका बिमोचन समाजिक विकास मन्त्री सुरिता कुमारी साहले दलित सरोकार मञ्च नेपालले प्रकाशन गरेको दलित समुदायको अधिकार सम्बन्धी व्यवस्था पुस्तिका बिमोचन गरेकी छिन । भोला पासवानले तयार गरेको उक्त पुस्तिकामा नेपालको संविधान विभिन्न ऐन कानुन नियमावली, कार्यविधिमा दलित अधिकार सम्बन्धी व्यवस्थाहरु समेटिएको छ ।

कार्यक्रममा मधेश प्रदेशसभामा निर्वाचित दलित समुदायका प्रदेशसभा सदस्यहरु रञ्जुकुमारी मण्डल खंग,सकुतीदेवी महारा,निलमकुमारी रजक,पल्टीदेवी महरा र शारदा दास ( पहाडी)दासलाई मञ्चका निर्देशक पासवानले सम्मान गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य मञ्चका कार्यक्रम संयोजक सुनिल कुमार सरवरियाले गरेका थिए । त्यसैगरी कार्यक्रम संचालन संस्थाकी कार्यक्रम सहायक अर्चना परियारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१