Siraha Times
ताजा समाचार

भ्रष्टाचार गरेको आरोपमा शहिदनगर-८ का वडाध्यक्ष कुसियत निलम्बित

  • माघ २५, २०७९
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको सहिदनगर नगरपालिकाको एक वडाध्यक्ष निलम्बनमा परेका छन्। कृषि सडक निर्माणमा रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा नम्बर ८ को वडाध्यक्ष तनुकलाल कुसियतसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियाे। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गराएपछि वडाध्यक्ष कुसियत स्वत निलम्बनमा परेका हुन्। कृषि सडक निर्माण हुँदा कामभन्दा बढी रकम निकासा गरी रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहरभएपछि विशेष अदालत काठमाडौँमा उनी विरुद्ध मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७४/७५ मा शहिदनगर नगरपालिका वडा नं। ८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको लागत, इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिएतापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८ सय १६ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। अख्तियारले सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१