भ्रष्टाचार गरेको आरोपमा शहिदनगर-८ का वडाध्यक्ष कुसियत निलम्बित

  • माघ २५, २०७९
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको सहिदनगर नगरपालिकाको एक वडाध्यक्ष निलम्बनमा परेका छन्। कृषि सडक निर्माणमा रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा नम्बर ८ को वडाध्यक्ष तनुकलाल कुसियतसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियाे। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गराएपछि वडाध्यक्ष कुसियत स्वत निलम्बनमा परेका हुन्। कृषि सडक निर्माण हुँदा कामभन्दा बढी रकम निकासा गरी रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहरभएपछि विशेष अदालत काठमाडौँमा उनी विरुद्ध मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७४/७५ मा शहिदनगर नगरपालिका वडा नं। ८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको लागत, इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिएतापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८ सय १६ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। अख्तियारले सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस

दिपावली,भाइ टिका, छठ ...

रहमुल लहान ५ कार्तिक । दीपावली, भाइ टिका, छठ र सामाचकेवा नेपाल र भारतको संस्कृति र परम्परामा गह ...

भाषण दिएर होइन, काम ...

बारा, ०५ कार्तिक / जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउँपालिका अध्यक्षको भावी उम्मेदवार उमेश द ...

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१