नवसंग्राम दैनिक दिनेश्वर गुप्ता लहान, १९ चैत्त । सप्तरीको सुरुंगा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीका अगुवाईमा आज शैक्षिक र स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ । सुरुंगा नगरपालिकाभित्र रहेका पटेर्वा, टिकुलिया र मलहनमाको स्वास्थ्य चौकीमा अनुगमन गर्दा त्यहां अधिकांश स्वास्थ्यकर्मीहरुको अनुपस्थिति रहेको पाईयो । मेयर चौधरीले अनुपस्थिति रहेका स्वास्थ्यकर्मीहरु समयमा नआएको र अवउप्रान्त यस्तो अवस्था देखियो भने कारवाहीको दायरामा ल्याउंन आफ्ना मातहतका कर्मचारीहरुलाई निर्देशन दिएको प्रमुख प्रशासक अधिकृत राजकुमार दासले बताएका छन् । सोहीक्रममा मेयर चौधरीलगायतका टिमले केशव माविमा टिकुलिया , जनता निम्न मावि हरिपुर र मसिलाल जनता माध्यमिक विद्यालय कुशहामा भइरहेको परीक्षाको समेत निरिक्षण गरेका थिए । निरीक्षणका क्रममा मेयर चौधरीले प्रदेश २ बाट नै गुणस्तर शिक्षाको शुरुवाती गर्नुपर्छ,यसको लागि यही नगरपालिकाबाट सक्रियता देखाउंन शिक्षकहरुलाई निर्देशन दिनुभयो । मेयर चौधरीसंगको अनुगमन टोलीमा प्रमुख प्रशासक अधिकृत राजकुमार दास र स्वास्थ्य सहसंयोजक भुषण सुनरैतलगायतका रहेका थिए ।मलहनमा स्वास्थ्य व्यवस्थापन समिति गठन स्थानीयवासीको एक भेलाले आज सुरुंगा नगरपालिकाको मलहानमा स्थित रहेको स्वास्थ्य चौकीको लागि व्यवस्थापन समिति गठन गरिएको छ । मलहनमा स्वास्थ्य व्यवस्थापन समिति गठन स्थानीयवासीको एक भेलाले आज सुरुंगा नगरपालिकाको मलहानमा स्थित रहेको स्वास्थ्य चौकीको लागि व्यवस्थापन समिति गठन गरिएको छ । मेयर चौधरीको विशेष उपस्थितिमा स्वास्थ्य व्यवस्थापन समिति गठन गरिएको छ भने सात सदस्य समिति गठन भएको जानकारीमा आएको छ । सो समितिका अध्यक्षमा वडा अध्यक्ष इन्द्रदेव चौधरी रहनु भएका छन् । सदस्य सचिव हेल्थ पोष्ट इन्चार्ज रामेश्वर पासमानलगायत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved