Siraha Times
ताजा समाचार

मेयर मुकितनाथ चौधरीको अगुवाई अनुगमन, गुणस्तर शिक्षामा जोड

  • चैत १९, २०७४
  • ९३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक दिनेश्वर गुप्ता लहान, १९ चैत्त । सप्तरीको सुरुंगा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीका अगुवाईमा आज शैक्षिक र स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ । सुरुंगा नगरपालिकाभित्र रहेका पटेर्वा, टिकुलिया र मलहनमाको स्वास्थ्य चौकीमा अनुगमन गर्दा त्यहां अधिकांश स्वास्थ्यकर्मीहरुको अनुपस्थिति रहेको पाईयो । मेयर चौधरीले अनुपस्थिति रहेका स्वास्थ्यकर्मीहरु समयमा नआएको र अवउप्रान्त यस्तो अवस्था देखियो भने कारवाहीको दायरामा ल्याउंन आफ्ना मातहतका कर्मचारीहरुलाई निर्देशन दिएको प्रमुख प्रशासक अधिकृत राजकुमार दासले बताएका छन् । सोहीक्रममा मेयर चौधरीलगायतका टिमले केशव माविमा टिकुलिया , जनता निम्न मावि हरिपुर र मसिलाल जनता माध्यमिक विद्यालय कुशहामा भइरहेको परीक्षाको समेत निरिक्षण गरेका थिए । निरीक्षणका क्रममा मेयर चौधरीले प्रदेश २ बाट नै गुणस्तर शिक्षाको शुरुवाती गर्नुपर्छ,यसको लागि यही नगरपालिकाबाट सक्रियता देखाउंन शिक्षकहरुलाई निर्देशन दिनुभयो । मेयर चौधरीसंगको अनुगमन टोलीमा प्रमुख प्रशासक अधिकृत राजकुमार दास र स्वास्थ्य सहसंयोजक भुषण सुनरैतलगायतका रहेका थिए ।मलहनमा स्वास्थ्य व्यवस्थापन समिति गठन स्थानीयवासीको एक भेलाले आज सुरुंगा नगरपालिकाको मलहानमा स्थित रहेको स्वास्थ्य चौकीको लागि व्यवस्थापन समिति गठन गरिएको छ । मलहनमा स्वास्थ्य व्यवस्थापन समिति गठन स्थानीयवासीको एक भेलाले आज सुरुंगा नगरपालिकाको मलहानमा स्थित रहेको स्वास्थ्य चौकीको लागि व्यवस्थापन समिति गठन गरिएको छ । मेयर चौधरीको विशेष उपस्थितिमा स्वास्थ्य व्यवस्थापन समिति गठन गरिएको छ भने सात सदस्य समिति गठन भएको जानकारीमा आएको छ । सो समितिका अध्यक्षमा वडा अध्यक्ष इन्द्रदेव चौधरी रहनु भएका छन् । सदस्य सचिव हेल्थ पोष्ट इन्चार्ज रामेश्वर पासमानलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१