Siraha Times
ताजा समाचार

सिरहाबाट सुन तस्करीको आरोपमा वडाध्यक्ष सहित ६ जना सार्वजनिक

  • पुस २८, २०७५
  • २५२८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स पुस २८ । सशस्त्र प्रहरीले अवैध सुन र तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेलगत्तै सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षसहित थप तीन जना पनि पक्राउ परेको जनाएको छ। सिरहा सदरमुकामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरिएका तीन जनालाई गणमा सुनसहित शनिबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको एक घण्टा नबित्दै थप तीन जनालाई पनि सार्वजनिक गरेको छ। सशस्त्र प्रहरीको सिरहा गणले पक्राउ गरिएका तीन जनाको सूचनाको आधारमा थप तीन जना पनि संलगन रहेको भन्दै वडाध्यक्षसहित थप तीन जनालाई लाई सार्वजनिक गरेको गणका प्रहरी नायव उपरीक्षक खेमनारायण अधिकारीले बताएका छन।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ९ घुर्मी खोला नजिकबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शनिबार बिहान २ बजेतिर ६ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए। डिआइजी श्रेष्ठका अनुसार छ जनालाई एउटै स्कर्पियोबाट पक्राउ गरिएको भए पनि तीन जनासँग मात्र सुन बरामद भएकाले पहिला तीन जनालाई मात्र सार्वजनिक गरिएको थियो। सिरहास्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले काठमाडौंबाट लहानतर्फ आउँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियोबाट अवैध सुनसहित छ जनालाई पक्राउ गरेको थियो। सशस्त्र प्रहरीले एक केजी सात सय ५७ ग्राम सात सय २० मिलीग्राम सुनसहित पक्राउ गरिएका छ जनालाई थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको डिआइजी श्रेष्ठले जानकारी दिए।

सशस्त्र प्रहरीले पक्राउ गरेकाहरूमा लहान नगरपालिका १९ सोनमती मझौराका निर्वाचित वडाध्यक्ष ४२ वर्षीय मोहमद हकिम समेत रहेका छन्। सशस्त्र प्रहरीका अनुसार वडाध्यक्ष हकिम सहित सोनमती मझौराकै २४ वर्षीय मोहमद रहमान र सप्तरीको खड्क नगरपालिका ३ बनरझुला घर भएका १८ वर्षीय मोहमद अफ्रोज समेत पक्राउ परेका छन्। पक्राउ परेलगत्तै सशस्त्र प्रहरीले खानतलासीको क्रममा लहान १९ घर भएका स्कर्पियो चालक ३२ वर्षीय मोहमद रियाज राईनको साथबाट चार थान बाला र तीन वटा काँचो सुन, रियाजका छिमेकी २८ वर्षीय मोहमद अमिरुलको साथबाट एउटा बाला र ४५ वर्षीय कैयुम राईनको साथ बाट एउटा बाला बरामद भएको छ। पक्राउ परेकाहरूको साथबाट नगद ३४ हजार पाँच सय रुपैयाँ र ६ थान मोवाइल सेट बरामद भएको सशस्त्र प्रहरीको सिरहा गणले जनाएको छ।

प्रहरीले पत्रकार सम्मेलनमा पहिला ३ जनामात्र सार्वजनिक गरेपनि पछि हकिमसहित थप ३ जना सहितको फोटो सार्वजनिक गरेको थियो । प्रहरीको यो रवैयाले भने घटनालाई श‌कास्पद बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१