Siraha Times
ताजा समाचार

हात्तिले क्षति पुर्याएका पीडित परिवारलाई राहत प्रदान

  • पुस ४, २०७५
  • ८१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

पुस ३ । सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित जगमोहन नयाँ बस्मिा सोमबार राती जंगली हात्तिको समूहले तीन परिवारको घर तोडफोड गरेको छ । मध्य रातिमा आएको ती जंगली हात्तिले स्थानिय कामिसिंह तामाङको घर पूर्णरुपले क्षति पुर्याएको छ भने तिलमान तामाङ र सितामाया तामाङको एक एक घरमा आंशिक क्षति पुर्याएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन्य सैक्रममा मंगलबार बिहान गाउँपालिका अध्यक्ष यादव, प्रशासकिय अधिकृत रामसुन्दर थापा, वडा नं. ६ का अध्यक्ष गोबिन्द सिंह थापा र विपद् व्यवस्थापन इकाई शाखा प्रमुख मिथिलेश यादवको टोलीले सो क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई राहत प्रदान गरेको छ । ST हात्तिका कारण सबै भन्दा बढी क्षति पुगेका स्थानिय कामिसिंह तामाङलाई राहत स्वरुप २५ किलो चामल, डस्ना एक थान, ब्लायङकेट एक थान, कुकर एक थानलगायत अन्य खाना पकाउने भाडा गाउँपालिकाले उपलब्ध गराएको छ। सो राहत वितरण वितरण गर्दै अध्यक्ष यादवले गाउँपालिकाको विपद् व्यवस्थापन नियमानुसार थप राहत उपलब्ध गराउने जानकारी दिँदै हात्ति आंतकलाई रोकथाम गर्न जिल्ला प्रशासन र जिल्ला वन कार्यालयबाट सहकार्य गर्दै कार्यान्वय गर्ने बताए।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१