Siraha Times
ताजा समाचार

सिरहामा आलु बोक्ने ईन्डियन मोटरसाइकल साईकल यात्रुलाई ठक्कर दिएर भागे,साईकल यात्री घाईते

  • भदौ २, २०७९
  • १८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा भदौ २ गते । सिरहाको खिरौना चौक नजिक आलुबाला गाडीले साईकलमा ठक्कर दिदा माडरका मो.राजिम आलम घाइते भएका छन । आलमको ठाउकोमा चोटलागेको छ भने खुट्टा लागयत शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । सिरहाबाट माडर तर्फ आउदै गरेको आलु बोक्ने ईन्डियन मोटरसाइकल न त्यसमा नम्बर प्लेट देखिन्छ ? न त लाईट राम्रो संग बल्छ । बुधबार करिव ८ बजे रातीको समयमा सिरहा बाट साईकल यात्रु आफनै साईडमा हुदाहुँदै पछाडि बाट ईन्डियन प्लेट मोटरसाइकलले साईकलमा ठक्कर दिएर भागे उनी भारतको बेतौन्हा बाट मोटरसाइकलमा ३ बटा आलु,प्याजको बोरा मोटरसाइकलमा लोड गरेर लहान,चोहर्वा,मिर्चैया सम्म पुगाउने गर्दछ त्यति मात्र कहाँ हो र तिनिहरुको मोटरसाइकल हाई स्पिडमा कुदाउछ्न । कति बेला कसलाई ठोकिने हो भन्ने थाहा हुदैन । भारत बाट दैनिक जसो आलु,प्याज ओसारपसार गर्ने थोत्रो मोटरसाइकललाई कसैले चेकजाँच गर्दैन उनी सहजै लाहन सम्म पुग्ने गर्छन् । खासगरी ईन्डियन मोटरसाइकलमा ढुवानी हुन्छ नत उनीहरु संग गाडीको भन्सार हुन्छ नत कतै चेकजाँच यसले कतै न कतै प्रहरी प्रशासन प्रती प्रश्न उठछन ? रातीको घटना एक प्रतिनिधि घटमा मात्र हुन घाईते आलम माडर मिल्न चौक निवासी हुन । मोटर चालक भागे पछि माडर चौकीलाई जानकारी गराएपछी ५ मिनेट भित्र सय साहेव घटना स्थलमा पुगेपछि माडरको एक मेडिकलमा घाइतेको उपचार पछि आफ्नो घर फर्के ।

प्रतिक्रिया दिनुहोस

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

प्रादेशिक अस्पताल लह ...

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१