राजविराज, पुस २ । शनिबार राति गर्दनमा बञ्चरो प्रहार गरिएका तिलाठी कोइलाँडी गाउँपालिका(१ का पाले पर्शुराम मिश्रको आइतबार राति थप उपचारकका लागि विराटनगर लाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शनिबार राति ड्युटी गरिरहेको बेला स्थानीय शैलेन्द्र मुखियासहितको समूहले उनलाई कार्यालयबाट उत्तरतर्फ लगेर बञ्चरोको पछाडि भागले गर्दनमा हिर्काएर घाइते बनाएका थिए । घाइते मिश्रले हारगुहार गरेपछि उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचारको क्रममा नै उनले आफूलाई मुखियासहितको समूहले कुटपिट गरेको बयान दिएका थिए । सगरमाथा अस्पतालमा उनको उपचार हुन नसक्ने भएपछि अस्पतालले मिश्रलाई विराटनगर रिफर गरेको थियो ।
गाउँपालिकाको पाले पर्शुराम मिश्रको मृत्युभएसँगै त्यहाँका बासिन्दा आक्रोशित भएका छन् । उनीहरुले राजविराज(कुनौली सडक अवरुद्ध गर्दै अपराधीलाई तुरुन्तै पक्राउ गरी कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र विष्टले मिश्रको हत्यामा शैलेन्द्र मुखियाको संलग्नता रहेको देखिएको उनी घटना लगत्तै फरार रहेकाले खाजी कार्य भइरहेको जानकारी दिएका छन् ।’हामीले घटनामा मुखियाको संलग्नता बारे सूचना प्राप्त गर्ने बित्तिकै खोजी सुरु गरेका थियौं,’ उनले भने, ’फरार आरोपीलाई पक्राउ गर्न जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरेर खोज्ने काम भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved