दोहा - विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र( सीसीएमसी) फारम भर्न नपर्ने भएको छ ।
यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रा पूर्व नै सीसीएमसीको फारम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरूले सीसीएमसीको फारम अनिवार्य भर्नु पर्ने नियम लागू गरिएको थियो ।
अब भने यात्रुले यो फारम भर्न पर्दैन । तर नेपाल यात्रा गर्दा कोरोनाको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नुपर्छ । खोप लगाएको प्रमाण नभएमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved