छोराको इन्जिनिरिँग पढ्ने सपना अधुरो, सितालाई हेल्प मधेशीको सहयोग

  • मंसिर २८, २०७५
  • ९१२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान २८ मंसिर । ‘मेरो छोराको इन्जिनियरिँग पढ्ने सपना थियो । तर, उनको पापा कतारमा वित्नुभयो सिता चौधरी भकानिएर रुदैँ भनिन् । उनको पापाको सपना पूरा गर्न छोरालाई इन्जिनियर बनाउँने प्रयासमा छु ।’ र, यो पूरा होला न होला ? तीन छोराछोरीलाई शिक्षाको उज्यालो घाम दिन लागेको छु । उनीहरुलाई स्वदेशमै काम गर्न जोड दिंदै आएको छु । ’‘बैदेशिक रोजगारमा मेरा पति वित्नु भयो ।’ फेरी, भविष्यका सन्तानलाई बैदेशिक रोजगारमा पठाउँन मनले मानेको छैन ।

सिता चौधरीकी पति भागवतलाल चौधरीको २०७५ साउन १३ गते विजुलीको करेन्ट लागेर कतारमा ज्यान त्याग गरे । कतारको सनेहआमा फलाम काट्ने काम गरिरहेको बेला चौधरीलाई विजुलीको करेन्ट लागेर मृत्यू भएको हो । पीडित परिवारलाई राहत स्वरुप आज हेल्प मधेशी दोहा कतारका उपाध्यक्ष उमेश खड्गा यादवको टोली उनको गाउँ लहान १५ बानो पुगेर २१ हजार रकम उपलब्ध गराएका छन् । हेल्प मधेशीका सदस्यहरुले महिनामा एक दिन चिया नखाएर जम्मा गरिएको रकमबाट यस्ता पीडित परिवारलाई प्रत्येक महिना उपलब्ध गराउँदै आएको छ ।

टोलीका शिवकुमार महतोले ‘महिनामा जम्मा भएको पैसा पीडित परिवारलाई राहत स्वरुप रकम र शिक्षालगायतका शिर्षकमा उपलब्ध गराउँदै आएको छु ।’ ‘प्रत्येक महिना ३ देखि ५ जना यस्ता पीडितलाई राहत स्वरुप रकम उपलब्ध गराउँदै छु ।’ हेल्प मधेशी दोहा कतारसँग ३ हजार सदस्य जति आबद्ध छन् । कतारमा पाँच लाख नेपाली कामदार छन् । यस मध्ये एक लाख मात्रै यो सँस्थासँग आबद्ध भयो भने प्रदेश २ को गरिबी निवारणमा ठूलो सहयोग पुग्ने छ । सन् २०१५ देखि हेल्प मधेशी दोहा कतार सक्रिय रहेको छ । आजको राहत कार्यक्रममा प्राध्यानाध्यपक दोस्तबहादुर भट्टराई, वडा सदस्य आनन्द राउत, विरेन्द्र चौधरी, रामप्रसाद चौधरीले नेपाल सरकारले यस्ता घटनाका पीडितको लागि विशेष कार्यक्रम ल्याउँनुपर्ने जरुरी छ । र, हेल्प मधेशीले आज जुन सहयोग गरिएको हो त्यो सराहनीय कार्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१