Siraha Times
ताजा समाचार

सिरहाको ठाढीमा बम विस्फोट हुँदा २ घाईते

  • मंसिर २३, २०७५
  • १४६० पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २३ मंसिर । सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएको छ ।  भारतसंग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आज बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिएका छन् । बिस्फोटमा स्थानिय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि भारत तर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए । 
 
गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ । पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।  बिस्फोटबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१