Siraha Times
ताजा समाचार

असार २१ गते मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी २०२२ को ग्राण्ड फिनाले हुने

  • असार १५, २०७९
  • १२६३ पटक पढिएको
  • रामएकवाल राम
alt

नवलपरासी । रोयल क्राउन इवेंट्स एंड क्रिएशनको आयोजनामा भएको मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी - २०२२ को ग्राण्ड फिनाले असार २१ गते मंगलबार परासीमा हुने भएको छ । आयोजकले शनिबार एक विज्ञप्ती जारी गर्दै, मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी २०२२ को ग्राण्ड फाइनल कार्यक्रम असार २१ गते मंगलबार हुने जनाएको छ ।

मिस्टर एण्ड मिस टिन नवलपरासी प्रतियोगितामा टप १० फाइनलिस्टमा रिंकी आग्रहरी, शुभम गुप्ता, आइशा सिंह, संतोष कुमार बनिया, सामना चौधरी, अमित यादव, सोर्णिमा चौधरी, बीरेंद्र यादव, संजना चौहान, अविनाश गौड अन्तिम चरणसम्म पुगेका छन् । मिस्टर एण्ड मिस टिन नवलपरासी - २०२२ का लागि ग्राण्ड फिनाले असार २१ गते मगलवार साझ ०५ बजेदेखि परासीस्थित उद्योग वाणिज्य महाङ्घको सभाहलमा हुने भएको छ ।

प्रतियोगिताले आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै मिस्टर एण्ड मिस टिन नवलपरासी -२०२२ एउटा सुनौलो अवसर रहेको यस कार्यक्रमको आयोजक संस्थाका प्रमूख कार्यकारी निर्देशक नारायण प्रताप चाैहानले यस अनलाईनलाई बताए । नवलपुर टुडेबाट साभार गरिएको ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१