Siraha Times
ताजा समाचार

ऐतिहासिक र मधेश आन्दोलनसँग जोडिएको चलचित्र मिशन मधेश

  • मंसिर ७, २०७५
  • ७५८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, ६ मंसिर । मधेशको ऐतिहासिक घटनालाई मधेश आन्दोलनसँग जोडर निर्माण भइरहेको मिशन मधेश चलचित्र यत्तिबेला जनचासोको विषय बनेको छ । कात्तिक २७ गतेदेखि सुटिंग शुरु भएको यस चलचित्रमा मधेश आन्दोलनका वास्तविक अगुवा दिनेश्वर गुप्ता नायक र नायिका कसिस दहालको मुख्य भूमिका रहेको छ ।यो सँगै चलचित्रमा थप तीन सहनायक र नायिका रहेको छ भने मधेश आन्दोलनकै अर्का अगुवा आलम खान खलनायकको रुपमा भूमिका निर्वाह गर्दै आएको छ । दर्जनौ फिल्ममा निर्देशन गरिसकेका सुर्या साह निर्देशकको भूमिकामा सक्रिय रहेका छन् ।

सम्भवत मधेशी मैथली चलचित्रमा पहिलो पटक रेड क्यामराले सुटिंग भइरहेको मिशन मधेशको क्यामराम्यान विनोद सापकोटा रहनुभएका छन् । दिनाभद्री फिल्म प्रोडक्शन प्रालि लहानको प्रस्तुतीमा निर्माण भइरहेको सो फिल्मका निर्माता मुकेश कर्ण हुन् । मधेश आन्दोलनको उद्गम विन्दु अर्थात प्रदेश २ को फिल्म उद्योगको रुपमा अघि बढिरहेको लहानको सेरोफेरोमा यस चलचित्रको सुटिंग भइरहेको छ भने फाईट मास्टर प्रदीप खड्काले भारतको साउथ स्टाईलको फाईट दिएर मिशन मधेश चलचित्रलाई थप उर्जा दिइएको छ । मंसिरको अन्तिम सत्तामा सुटिंग सम्पन्न गर्ने तयारीमा जुटेको छ भने फागुनको पहिलो सत्ता प्रदर्शनमा ल्याउँने तयारी गरिरहेको निर्माता मुकेश कर्णले बताए ।

निर्माता कर्णले भने हिन्दी, नेपाली र भोजपुरीले प्रेमगाथामा आधारित फिल्म बजारमा ल्याइरहेको बेला हामीले मधेशको ऐतिहासिक र मधेश आन्दोलनसँग जोडेर फिल्म तयारीमा जुटेका छौ । यो फिल्म वृद्धदेखि बच्चासम्मले हेर्ने लायक बन्दैछन् । मुलत आफ्नो अधिकार आफ्ैले लिन सक्नुपर्छ जस्ता सवालहरुको चित्रण यस फिल्मका गरिएको छ । कथावस्तु तथा स्क्रीप्ट राईटर पत्रकार डिपी गुप्ता रहेको यस चलचित्रमा अधिकाँश दर्जनौ फिल्ममा काम गरिसकेका कलाकारहरु छन् । दूई दर्जनबढी नेपाली चलचित्रमा काम गरिसकेका आलम खानको सक्रिय भूमिका रहेको छ भने तीन चलचित्रमा काम गरिसकेकी कसिस दहाल मिशन मधेश फिल्मको चर्चित पात्रको रुमपा रहेको छ । चार फिल्म गरिरसकेका दिनेश्वर गुप्ता मुख्य नायकको रुपमा मिशन मधेशमा मारधाड एक्शन र अधिकारको लागि लड्ने पात्र हुन् ।

नायिका रेनुका कार्की, सुजित यादव, पुजा दास, तुलसा कोइराला, विरेन्द्र विरु, अरुण केसी, आरजि भिलेन, शिव यादव, राजकुमार राउत, भरत साह, अस्मा श्रेष्ठ, भारती गुप्ता, रवीन्द्र श्रेष्ठ, सुनिल साह, प्रदीप सिँह, रंजिता मण्डललगायत चार दर्जन कलाकारहरुले मिशन मधेश चलचित्रका पात्रहरु हुन ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१