Siraha Times
ताजा समाचार

लहानको मटिअर्वा पोखरीको शव रहस्मय बन्दै, एक नियन्त्रणमा

  • कार्तिक १७, २०७५
  • १०२९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १५ कात्तिक । सिरहाको दूई ठूला नगरपालिकामा दूई शव फेला परेको छ । जनकपुर निवासी करिब ३० बर्षीय सुमित साह आफ्ना साथीको घर लहान ३ मटिअर्वा आएका थिए । मटिअर्वा पोखरी नजिक उनका थारु समुदायका साथीको घरमा तीन दिन अगावै आए । उनका थारु साथीले भने ‘अस्ति पोखरीमा माछा मारिएको थियो । हामी सँगै माछा खाए । सुमितले भने म घर फर्किन्छु भने बेलुका ५ बजे यहाँबाट हिडेका थिए । आज दूई दिनपछि मेरै घरको अगाडि रहेको पोखरीमा उनको लाश देख्दा म अच्चम भए । साँझ साढे ६ बजेतीर सुमितका आमा लहान अस्पताल आइपुग्दा आफ्नो छोराको लाश देखेर उनी बेहोश भएकी थिइन् । सोहीक्रममा मृत्तक सुमितका साथी थारु अस्पताल पुगेका थिए । केहीबेरमा ईलाका प्रहरी कार्यालय लहानको टोलीले अनुसन्धानको लागि अस्पताल परिसरबाटै थारुलाई नियन्त्रणमा लिएका छन् ।

थारुलाई लहान प्रहरीले सोधखोजको लागि नियन्त्रण लिएको हो । एक स्रोतका अनुसार सुमितलाई कुटपिट गरेर पोखरीमा फालिएको हुनसक्छ । तर, अर्का स्रोतका अनुसार मादक पदार्थ सेवन गरेको भए उनी लडेर पोखरीमा डुब्न गएको हुनसक्छ भनी अडकलवाजी चलिरहेको छ । उता, ईलाका प्रहरी कार्यालय लहानले यो घटनाका दोषीलाई यथाशिघ्र नियन्त्रण लिने दावी गरेका छन् । सुमितको शव यत्तिबेला रहस्मय बन्दै गएको छ भने लहान नपा ३ मटियर्वाको पोखरीमा दूई दिन अगावै डुबेको हो । विहीवार उनको शव फेला परेको छ । उता, सिरहा नपा ६ स्थित कमलानदी किनारमा बुधबार अपरान्ह एक युवतीको शव फेला परेको छ । अन्दाजी २५ वर्षकी मधेसीमुलकी युवतीको शव बुधबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रातो रंगको कुर्ता, कालो सुरुवाल, कालै सुईंटर निलो आकाशे रंगको सल लगाएकी युवतीको शवको अझै सनाखत हुन सकेको छैन । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१