लहानको मटिअर्वा पोखरीको शव रहस्मय बन्दै, एक नियन्त्रणमा

  • कार्तिक १७, २०७५
  • ८६३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १५ कात्तिक । सिरहाको दूई ठूला नगरपालिकामा दूई शव फेला परेको छ । जनकपुर निवासी करिब ३० बर्षीय सुमित साह आफ्ना साथीको घर लहान ३ मटिअर्वा आएका थिए । मटिअर्वा पोखरी नजिक उनका थारु समुदायका साथीको घरमा तीन दिन अगावै आए । उनका थारु साथीले भने ‘अस्ति पोखरीमा माछा मारिएको थियो । हामी सँगै माछा खाए । सुमितले भने म घर फर्किन्छु भने बेलुका ५ बजे यहाँबाट हिडेका थिए । आज दूई दिनपछि मेरै घरको अगाडि रहेको पोखरीमा उनको लाश देख्दा म अच्चम भए । साँझ साढे ६ बजेतीर सुमितका आमा लहान अस्पताल आइपुग्दा आफ्नो छोराको लाश देखेर उनी बेहोश भएकी थिइन् । सोहीक्रममा मृत्तक सुमितका साथी थारु अस्पताल पुगेका थिए । केहीबेरमा ईलाका प्रहरी कार्यालय लहानको टोलीले अनुसन्धानको लागि अस्पताल परिसरबाटै थारुलाई नियन्त्रणमा लिएका छन् ।

थारुलाई लहान प्रहरीले सोधखोजको लागि नियन्त्रण लिएको हो । एक स्रोतका अनुसार सुमितलाई कुटपिट गरेर पोखरीमा फालिएको हुनसक्छ । तर, अर्का स्रोतका अनुसार मादक पदार्थ सेवन गरेको भए उनी लडेर पोखरीमा डुब्न गएको हुनसक्छ भनी अडकलवाजी चलिरहेको छ । उता, ईलाका प्रहरी कार्यालय लहानले यो घटनाका दोषीलाई यथाशिघ्र नियन्त्रण लिने दावी गरेका छन् । सुमितको शव यत्तिबेला रहस्मय बन्दै गएको छ भने लहान नपा ३ मटियर्वाको पोखरीमा दूई दिन अगावै डुबेको हो । विहीवार उनको शव फेला परेको छ । उता, सिरहा नपा ६ स्थित कमलानदी किनारमा बुधबार अपरान्ह एक युवतीको शव फेला परेको छ । अन्दाजी २५ वर्षकी मधेसीमुलकी युवतीको शव बुधबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रातो रंगको कुर्ता, कालो सुरुवाल, कालै सुईंटर निलो आकाशे रंगको सल लगाएकी युवतीको शवको अझै सनाखत हुन सकेको छैन । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

युवा संघ पर्सा आफ्नो ...

वीरगंज १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले ...

जनमत पार्टीका नेता ब ...

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत ...

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१