Siraha Times
ताजा समाचार

छोरीको हत्यामा संलग्न बुवा र सौतेनी आमा समातिए

  • चैत १५, २०७४
  • ८६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १५ |पर्सा प्रहरीले छोरीको हत्यामा संलग्न बुवा र सौतेनी आमालाई पक्राउ गरेको छ । वीरगंज म.न.पा.वडा नं.१५ भिष्वा बस्ने बर्ष ४१ को सत्यनारायण वर्णवाल तथा निजको कान्छी श्रीमतीले बर्ष ३० की गिता कुमारी पक्राउ परेका हुन् । उनीहरुले बर्ष १६ की छोरी नेहा कुमारी वर्णवालको गत फागुन १३ गते मृत्यु भएको सम्बन्धमा आफन्त तथा गाउँटोल छरछिमेकी समेतलाई जानकारी नदिई ई–रिक्सामा राखी रानीघाट स्थित समसानघाटमा लगि दाहसंस्कार गरेका थिए । घटनाबारे चैत १४ गते मात्रै प्रहरीले जानकारी पाएको थियो । प्रहरीका अनुसार सत्यनारायण वर्णवालको जेठी श्रीमती मन्जु देवीको २०६० सालमा स्टोभ पड्की जली घाईते भई उपचारको क्रममा काठमाण्डौ स्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो । उनीहरुबाट नेहा र छोरा निरज कुमार बर्णवालको जन्म भएको थियो । निरज १४ वर्षका छन् ।

जेठी श्रीमतिको मृत्यु भएको एक वर्षपछि सत्यनारायणले पर्सा भौराटार वडा नं.७ पटनी बस्ने राजिन्द्र प्रसादको छोरी बर्ष ३० की गिता देवीसँग विवाह गरेका थिए । उनको तर्फबाट पनि दुई छोराको जन्म भएको छ । जेठी श्रीमती मन्जु देवी वर्णवालको कोखबाट जन्मिएकी नेहा कुमारी बर्णवालाई निजको बुबा सत्यनारायण र सौतेनी आमा गिता कुमारीले दिनहुँ गाली गलौज गर्ने गर्दैै आएका थिए ।उनको फागुन १३ गते नै मृत्यु भएको भएपनि आफन्त र गाउँटोल छरछिमेकी तथा सम्बन्धित निकायहरुमा समेतलाई जानकारी नदिई लुकाएकोले उनीहरु विरुद्ध ज्यान सम्बन्धि मुद्धा दर्ता गरि अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१