Siraha Times
ताजा समाचार

सशस्त्र प्रहरीका दुई जवान पक्राउ, भरतीय गाडीलाई नेपाल प्रवेश गराउन यस्तो अवैधानिक काम गर्दै थिए

  • चैत १४, २०७४
  • ७४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १४ । सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट आज साँझसशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरेको हो । जवानद्वयले भारतीय गाडीलाई नेपाल प्रवेशका लागि छोडेवापत रु २५ हजार रकम माग गरेपछि उनीहरु अख्तियारको फन्दामा परेका हुन् । सशस्त्र प्रहरीले सोमबार भारतीय गाडीलाई प्रवेश गराइ दिएवापत रु २५ हजार शदनुपर्ने माग गरेको र पैसा आज दिने कवोल गरेपछि गाडीलाई प्रवेश गर्न दिएको थियो । सोही पैसा दिनका लागि आएको बेला सुराकी पाएपछि गएको अख्तियारको टोलीले लक्ष्मी फेन्सी स्टोरबाट खड्का र खत्रीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१