Siraha Times
ताजा समाचार

५ सय रुपैयाँ दिएर बालिका बलात्कार गर्ने प्रहरी पक्राउ

  • चैत १४, २०७४
  • ९४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १४ । बालिकालाई फकाएर पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलबहादुर ठटाल पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो ।बालिका गर्भवति भएको परिवारले थाहा पाएपछि सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको रहस्य सार्वजनिक भएको हो । पीडितका आफन्तका अनुसार ठटालले बालिकालाई गएको पुसमा बलात्कार गरी ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए । ठटालले बालिकालाई पटक–पटक बलात्कार गरेकोसमेत आफन्तले बताएका छन् ।  पक्राउ परेका ठटालमाथि अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरी प्रवक्ता विज्ञान बस्नेतले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१