ताजा समाचार

५ सय रुपैयाँ दिएर बालिका बलात्कार गर्ने प्रहरी पक्राउ

  • चैत १४, २०७४
  • ९९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १४ । बालिकालाई फकाएर पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलबहादुर ठटाल पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो ।बालिका गर्भवति भएको परिवारले थाहा पाएपछि सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको रहस्य सार्वजनिक भएको हो । पीडितका आफन्तका अनुसार ठटालले बालिकालाई गएको पुसमा बलात्कार गरी ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए । ठटालले बालिकालाई पटक–पटक बलात्कार गरेकोसमेत आफन्तले बताएका छन् ।  पक्राउ परेका ठटालमाथि अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरी प्रवक्ता विज्ञान बस्नेतले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा हेल् ...

ओम प्रकाश यादव लहान,कार्तिक ११ । सप्तरीको खडक नगरपालिकामा गरिब, असहाय, ज्येष्ठ नागरिक, एकल महिल ...

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤