जय गोविन्द साहको नाममा पुस्तकालय स्थापना

  • भदौ १६, २०७५
  • १२२८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १५ भदौ । सिरहाको धनगढीमाई नगरपालिकाले आज कम्युनिस्ट आन्दोलनको मुर्धन्य व्यक्तित्व जय गोबिन्द साहको नाममा ई पुस्तकालय संचालनमा ल्याएको छ । ११ औ पुस्तकालय दिवसको अवसर पारेर उक्त ई लाईब्रेरी आजदेखि सञ्चालनमा ल्याएको हो । कम्युनिस्ट आन्दोलनको मुर्धन्य व्यक्तित्व जय गोबिन्द साहको नाममा जय गोबिन्द साह स्मृति पुस्तकालय नाम राखिएको सो पुस्तकालय सिरहा जिल्लाकै पहिलो ई लाईब्रेरी पुस्तकालय हो । धनगढीमाई नगरपालिकाको वडा न ९ स्थित पुस्तकालयको उदघाटन गर्दै नगर प्रमुख हरिनारायण चौधरीले पुस्तकालयले पठनीय संस्कृतिको विकास गर्नुका साथै पुस्तक अध्ययनबाट प्राप्त ज्ञानबाट समाजको रुपान्तरणको निम्ति सदुपयोग हुने बताउनु भयो । पुस्तकालयमा दर्शन, साहित्य, विज्ञान, कला लगायतका विभिन्न बिषयका १३२ वटा पुस्तक र ३ वटा कम्प्युटर रहेको छ । पाठकको माग अनुसार आगामी दिनमा क्रमशः पुस्तक र कम्प्युटर थप्दै जाने नगरपालिकाले जनाएको छ । पुस्तकालयले आगामी दिनमा शिक्षा , राजनीतिक ,संस्कृति लगायतका बिबिध बिषयमा नियमित रुपमा छलफल कार्यक्रमको केन्द्रविन्दुको रुपमा विकास गरिने समेत नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले जानकारी दिनुभयो । लामो गन्थन र मन्थन पश्चात् आखिर जयगोविन्द साहले पुस्तकको रूपमा आकार ग्रहणगरि छाडे । धेरै नै पहिले यसको प्रयास भएको थियो जतिबेला क. निर्मल लामा ज्यूदै थिए तर भूमिका लेख्न दिइएको पाण्डुलिपी नै दुर्भाग्यवस हरायो । तर पनि प्रगतिशील साहित्यिक चिन्तक डि. आर. पोखरेलले हार मानेनन् । निरन्तर अध्ययन अनुसन्धानमा लागिरहे, जसले आज मूर्त रूप धारण गरेको छ । मैले “सिरहाके ईतिहास“ लेख्दा उनको व्यक्तित्वलाई सकेसम्म निखार्ने प्रयास गरिएको छ । तर यो पुस्तक त उनको जीवन गाथा हो । नेपाली वाम आन्दोलन मूलतः सिरहाली शोषित पीडित किसानका धरोहर हो । पुस्तक पढदा लाग्छ लेखकले आफ्नो सम्पूर्ण साहित्यिक र राजनीतिक चिन्तन र विद्वतालाई लिपिबद्ध गर्नमा कुनै कसर बांकी राखेका छैनन् । डेढ सय पृष्टको यो अनमोल निधिको भूमिका नेपाली कम्युनिष्ट आन्दोलनका सशक्त र एतिहासिक हस्ताक्षर मोहनविक्रम सिंहले लेख्नु भएको छ । तर यसको विमोचन यही भाद्र १६ गते गोलबजारको अतिथि सदनमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलबाट हुनु थियो । तर केही कारणबस हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

पिडित परिवारको अवस्थ ...

लहान वैशाख ३० । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, भगवतिपुर सदाय टोलमा केही समयअघि घटेको घट ...

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१