Siraha Times
ताजा समाचार

सप्तरीको रुसुङ्गा नगरपालिकामा नवजात शिशु फालिएको अबस्थामा भेटियो

सप्तरीमा बेवारीसे नवजात शिशु फेला सवल नेपालको विशेष पहलमा संरक्षण

  • मंसिर १३, २०७८
  • ११६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ मंसिर - सप्तरीको सुरुङ्गा नगरपालिका ११ स्थित बिहुल खोलामा नवजात शिशु फालिएको अबस्थामा फेला परेको छ। करिब २५ घन्टा अगाडि जन्मिएको नवजात शिशु कपडामा बेरिएको अबस्थामा भेटीएको हो। बिहान् स्थानीय गाउँलेहरु खोलातिर सौच गर्न गएका ब्यक्तीहरुले हेर्दा प्रहरीलाई जानकारी गराएका थियो। ईलाका प्रहरी कार्यालय सप्तरीको टोलिले घटना स्थलमा पुग्दा छानबिन थालीएका थिए। उक्त नवजात शिशु छोरा रहेको प्रहरीले जानकारी दिनु भयो। प्रहरीले छानबिन गर्दा शिशुको आफन्त पता नलागे पछी। बच्चा कस्ले फालेको हो भन्ने कुरा प्रहरीले पता लगाई कर्बाहीको प्रक्रिया अगाडि बढाईने बताउनु भयो ।

Open photo

घटना स्थलमा मानव अधिकार संग सरोकार राखने संस्था सप्तरीको कल्याणपुर स्थित रहेको सवल नेपालको बालबालिकाहरुलाई घर घरमा सुरक्षितित कार्यक्रमको परियोजना अधिकृत राधेश्याम रामको एक समुहले शिशुलाई न्यानो कपडा र उपचारमा लाग्ने औषधी खर्चको समेत बिल फरछौँट गरी ईलाका प्रहरी कार्यालय कडर्बोनाबाट खटीएको टोलिको रोहबरमा शवल नेपालको परियोजना अधिकृत राधेश्याम रामको विशेष पहल र वडा कार्यालयको रोहबरमा स्थानीय निसन्तान पुरन साहले आफू खुशी बच्चालाई गोदलीई धर्म पुत्र अर्थात छोराको सम्पुर्ण हक अधिकारको जिम्मेवार उनले नै हुने र आफू जिवन निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । बच्चालाई पालन पोषणको सम्पुर्ण जिम्मा आफनो हो भन्ने समाजको रोहबरमा प्रतिबद्धता जनाउनु भयो। सवल नेपालले यस्तो घटनाहरुमा संरक्षणका लागि अग्रनी भुमिका खेल्दै आएका छन्।

Open photo

 

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१