एसईई परीक्षार्थी गौरीकला रोकायाको हत्याको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गर्यो

  • चैत १४, २०७४
  • ९२४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १४ । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन् ।लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

गूगल एकेडेमीको वार्ष ...

वीरगंज ६ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीको वार्षिकोत्सव “२०८२ ...

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१