Siraha Times
ताजा समाचार

चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान

  • कार्तिक २६, २०७८
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु कार्तिक २६ नेपाल सरकारका पूर्व उप प्रधानमंत्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव हिजो कृष्णनगरमा आएका थिए l जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान)को अगुवाईमा स्वागत उनकै निवासमा गरिएको थियो l राष्ट्रीय अध्यक्ष यादवका साथ पूर्व मंत्री दान बहादुर चौधरी, जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा नेपालका केन्द्रीय सदस्य नरसिंह चौधरी लगायतको आगमन रहेको थियो l मुस्लिम समाजका जानकार तथा विद्वान उलेमा हजरात का साथ अरू धर्मका जागरूक व्यक्ति तथा आम नागरिक उक्त स्वागतमा सामेल भएका थिए l

आवासमा उपस्थित व्यक्ति हरूले आ-आफ्नो समस्या तथा आफ्नो हक अधिकारको कुरा राष्ट्रीय अध्यक्ष यादव संग राखे l जसमा विस्तृत रूपमा जसपा नेपाल पार्टी तथा राष्ट्रीय नीतिको बिषयमा पूर्व उप प्रधानमंत्री उपेन्द्र यादवले बताएकी नेपाल सरकार संग समस्याको समाधानका निम्ति हाम्रो पार्टी प्रयासरत रहेको, जस्को परिणाम छिट्टै आउने संकेत दिनुभयो l उहाँ ले भनेकी जनता लाई आफ्नो अधिक का लागि संघर्ष जारी राख्नु पर्छ तब मात्र गरीब, असहाय, व्यापारी, बेरोजगार लगायत समस्या को समाधान हुने देखिन्छl आफ्नो निवसमा उपस्थित सबैलाई धन्यवाद दिदै प्रदेश प्रवक्ता अकरम पठान ले उइगर मुस्लिम माथी चाइना मा दमन भैरहेको कुरा अवगत गराउदै तर पनि हाम्रो पार्टी ले प्रदेश नं २ को मुख्यमंत्रीमा मुस्लिम समुदाय बाट नै राखेको जिक्र गरे l उक्त कार्यक्रमको संचालन निजाम अहमद ले गरेका थिए l

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१