छ्ठ, सामाचकेवा पर्वको अबसरमा आयोजित शुभकामना एबम सम्मान कार्यक्रम सम्पन्न

  • कार्तिक २५, २०७८
  • ४०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह राजबिराज ,कार्तिक २५ गते । प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले मुलकमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारहरुको ठूलो योगदान रहेको बताएका छ्न । प्रेस मञ्च नेपाल सप्तरीद्वारा सप्तरीको राजबिराजमा बिहीवार आयोजित छ्ठ, सामाचकेवा पर्वको अबसरमा आयोजित शुभकामना एबम सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै मन्त्री साहले पत्रकारहरुको साथ सहयोगले वर्तमान ब्यबस्था स्थापना भएको बताए । संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा पत्रकारहरु संगै रहेको अहिले पनि स्मरण छ, मन्त्री साहले भने, हामिले संगसगै लडेर ल्याएको ब्यबस्थामाथी चौतर्फी आक्रमण हुदैछ, संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अझै पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनु आबश्यक छ ।

Open photo

मन्त्री साहले प्रदेश २ सरकार संचार क्षेत्रको चौतर्फी बिकास र पत्रकारहरुको पेशागत सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताए । पत्रकारहरुको साथ सहयोग बिना सरकार अघि बढ्नै सक्दैन,मन्त्री साहले भने, संचार क्षेत्रको बिकास र पत्रकारहरुलाई सुबिधा सम्पन्न बनाउने उदेश्यले आम संचार प्रधिकरण र मिडिया काउन्सिलको स्थापना गरेर पत्रकार र संचार क्षेत्रको समग्र उत्थानका लागि प्रदेश सरकार अघि बढेको छ । राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बिकास निर्माणका कार्यमा पत्रकारहरु संग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । मिडिया काउन्सिल प्रदेश नम्बर २ का अध्यक्ष शिवहरी भट्टराईले स्थानीय सरकारले संचार क्षेत्रलाई विकासको अंगको रुपमा लिनुपर्नेमा जोड दिए ।

Open photo

प्रदेश आमसंचार प्रधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले छिटै संचारकर्मीहरुको क्षमता अभिबृद्वी गर्ने विभिन्न योजना तथा कार्यक्रम संचालन गर्ने बताए । प्रेस मञ्च नेपालका महासचिव अवधेश झाले जनप्रतिनिधिहरुले पत्रकारहरुलाई महत्व नदिएको भन्दै दुख व्यक्त गरे । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिब एबम प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य भोला पासवानले पत्रकार र पार्टी बिचको दुरिले पार्टीको सिदान्त र बिचार उजागर हुन नसकेको उल्लेख गरे ।प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा बलान-बिहुल गाउँपालिकाकी उपाध्यक्ष रुबि कुमारी गुप्ता, तिलाठी कोईलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादव, प्रेस मन्च नेपालका केन्द्रिय सदस्य चन्दन यादव, पत्रकार सौरभ यादव लगायतले शुभकामना मनतब्य व्यक्त गरे । प्रेस मञ्चका सदस्य शुभ नारायण यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रेस मञ्च नेपालका सदस्य बिध्यानन्द रामले गरे ।

 

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१