Siraha Times
ताजा समाचार

विकासको मुल जरो शिक्षा, स्वास्थ्य र रोजगारी नै हो ः राजु गुप्ता

  • कार्तिक २, २०७८
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १ कात्तिक । जनता समाजवादी नेपाल लहान २३ गाढाले आज शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । दशैं, दीपावली, छठ् तथा मोहम्मद डेको अवसरमा गरिएको शुभकामना कार्यक्रममा जसपाका केन्द्रीय सदस्य राजकुमार राजु गुप्ताले जसपाको जन्म समाजमा रहेको विभेदलाई अन्त्य गरी आमुल परिवर्तनको लागि भएको बताउँनुभयो । प्रमुख अतिथी गुप्ताले अहिलेसम्म विकास भइसकेको छैन । विकासको मुल जरो शिक्षा, स्वास्थ्य र रोजगारी रहेकोले यसको लागि जसपा सक्रिय भएर लागेको उहाँले बताउँनुभयो । जसपाका केन्द्रीय परिषद् सदस्य जितेन्द्रप्रकाश महतोले हामी जनअधिकारको लागि सधैं अग्रिणी भूमिका निर्वाह गरिरहेको भन्दै समाजिक रुपान्तरणको खाचो रहेको बताउँनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद् सदस्य दिनेश्वर गुप्ताले लहान आन्दोलनले आज देशभरी संघीयता आएको छ । यसलाई संस्थागत गर्न हरेक नागरिकलाई अधिकारमुखी बनाए मात्रै विकासको मुल जरोमा पुग्न सकिने बताउँनुभयो । जसपाका लहान २३ का वडा कमिटी अध्यक्ष रामकृष्ण यादवका सभाध्यक्षता भएको कार्यक्रममा मधेश कमिटीका सदस्य ललिता दास, शत्रुधन मण्डल, क्षेत्रीय अध्यक्ष परियाग यादव, सचिव शत्रुधन यादव, लहान नगर कमिटी अध्यक्ष दिनेश महतो, ठकन यादवलगायत शुभकामना मन्तव्य राख्नु भएका थिए ।

Open Photo

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१